रोनाल्डोलाई कोरोना संक्रमण

एजेन्सी

बुधबार, २८ असोज २०७७, ०८ : १५
रोनाल्डोलाई कोरोना संक्रमण

एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका छन् । पोर्चुगल तथा युभेन्टसका फरवार्ड रोनाल्डोको पीसीआर रिपोर्ट पोजेटिभ आएको पोर्चुगिज फुटबल फेडेरेशन (एफपीएफ) ले जनाएको हो ।

३५ वर्षका रोनाल्डोको स्वास्थ्य अवस्था राम्रो रहेको छ । उनमा कुनै पनि लक्षण अहिले सम्म नदेखिएको बताइएको छ । उनी अहिले आइसोलेशनमा छन् । पोर्चुगलले नेशन्स लिगमा बुधबार स्वीडेनको सामना गर्ने छ ।

पोर्चुगलको टिमका अरु खेलाडीलाई भने कोरोना भाइरसको संक्रमण भएको छैन । गएको आइतबार पोर्चुगलले फ्रान्ससँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस