रेल सेवा सञ्चालनका लागि करारको सट्टा स्थायी नियुक्ति प्रक्रिया

पत्रपत्रिकाबाट

मंगलबार, २७ असोज २०७७, ०७ : ३९
रेल सेवा सञ्चालनका लागि करारको सट्टा स्थायी नियुक्ति प्रक्रिया

काठमाडौँ । कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि एकैपटक स्थायी कर्मचारी भर्ना गर्ने प्रक्रिया सुरु भएको छ । यसअघि करार कर्मचारीबाट नै तत्काल रेल सेवा सञ्चालन गर्न कर्मचारी भर्नाका लागि सूचना गरिएको थियो ।

रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले रेल सेवालाई स्थायी रूपमा सञ्चालन गर्न अन्ततः स्थायी कर्मचारी नै चाहिने भएकाले एकैपटक स्थायी कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

उनले भने, “छ महिनाका लागि करारमा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरिएको थियो तर करार अवधि समाप्त भएपछि पुनः कर्मचारीलाई भर्ना गर्नै पर्ने अवस्था तथा करारको अवधि समाप्त भएपछि जागिर छोड्न नचाहने र हटाइएको खण्डमा विभिन्न झन्झट हुने भएकाले एकैपटक स्थायी कर्मचारी भर्ना गर्न लागिएको हो ।” गोरखपत्रमा खबर छ ।