सिक्टामा दुई अर्ब १३ करोड भ्रष्टाचार भएको ठहर

विक्रम पाण्डेलाई भ्रष्टाचार निवारण ऐन– २०५९ दफा ८ को उपदफा ४ बमोजिम दुई वर्षसम्म कैद, बिगोबमोजिमको जरिवाना र बिगो जफतको माग

पत्रपत्रिकाबाट

शुक्रबार, २३ असोज २०७७, १३ : ११
सिक्टामा दुई अर्ब १३ करोड भ्रष्टाचार भएको ठहर

काठमाडौँ । राप्रपा नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले देशकै सबभन्दा ठूलो सिँचाई परियोजना सिक्टामा कमसल काम गरेपछि चलेको मुद्दामा परेर केही कर्मचारी दुई वर्षदेखि निलम्बनमा छन् । २५ अर्ब लागतको उक्त परियोजनामा गलत डिजाइन गरेको कारण दुई अर्ब १३ करोड भ्रष्टाचार भएको ठहर अख्तियारले गरेको छ । 

आयोजना प्रमुखहरु रमेश बस्नेत, दिलिपबहादुर कार्की, सरोजचन्द्र पण्डित र सर्वदेव प्रसादलाई फरक–फरक भ्रष्टाचार बिगो कायम गर्दै अख्तियारले सजाय माग गरेको छ । परियोजनाका कन्सल्टेन्ट उद्धवराज चौलागाईंलाई पनि प्रतिवादी बनाइएको छ । विक्रम पाण्डेलाई भने भ्रष्टाचार निवारण ऐन– २०५९ दफा ८ को उपदफा ४ बमोजिम दुई वर्षसम्म कैद, बिगोबमोजिमको जरिवाना र बिगो जफतको माग छ । निर्धारित शर्तनामा, नियम र कार्यविधि उल्लंघन गरेको आरोप पाण्डेमाथि छ । 

परियोजना तयार भएर सिञ्चाई हुन थालेको एक वर्षपछि दुई ठाउँमा प्राविधिक समस्याले नहरबाट पानी चुहिने समस्या आयो । अर्को वर्ष बाढी नै नहरमा पसेर संरचनामा असर पा¥यो । पछि थाहा भयो, त्यो ठाउँको माटो घुलनशील रहेछ । अष्ट्रेलियाको केही ठाउँमा बाहेक एसियाको कतै पनि त्यस्तो माटो छैन । तर, नेपालमा पनि त्यहाँमात्र फेला प¥यो ।

यसबारे नेपाल र दक्षिण एसियाका कुनै पनि शिक्षण संस्थामा पढाई हुँदैन । घुलनशील माटोमा सिमेन्टीयुक्त ढलानका संरचनाहरु दिगो हुँदैनन् । र, सिक्टा भत्किनुको एउटा कारण त्यो पनि हो । पछि सरकारले दुई करोड खर्चेर मर्मत ग¥यो ।  ४५ किलोमीटर लामो नेपालको सबभन्दा लामो नहर हो त्यो । 

अख्तियारले एक डेढ वर्ष लगाएर अनुसन्धान गरेपछि चलेको मुद्दा त्यही हो । त्यही मुद्दामा सिँचाई विभागका सबै आयोजना प्रमुख, ओभरसियरहरु निलम्बनमा परे । त्यसमध्ये ११ जनाले अवकास पाइसकेका छन् । (जनआस्थाबाट)

प्रतिक्रिया दिनुहोस