नयाँदिल्ली । भारत सरकारका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री रामविलास पासवानको बिहीबार निधन भएको छ । संघीय गठबन्धन सरकारमा पासवान प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगी मानिन्थे । गत सेप्टेम्बर ११ मा अस्पताल भर्ना भएका पासवानको अक्टोबर ४ मा मुटुको अपरेशन गरिएको थियो ।
पासवानका छोरा चिरागले बिहीबार ट्वीटरमा लेख्दै ७४ वर्षको उमेरमा बाबुको निधन भएको जानकारी दिएका हुन् । खाद्यमन्त्रीको रुपमा पासवानले विश्वकै सबैभन्दा ठूलो खाद्य कल्याणकारी कार्यक्रमको निरीक्षण गरेका थिए । भाजपा नेतृत्वको सरकारले उनको मन्त्रालय मार्फत अर्बौँ डलर बराबरको कार्यक्रम लागु गरेको थियो । जस अन्तर्गत भारतका दशौँ लाख विपन्न जनतालाई चामल र गहुँ वितरण गरिन्छ ।
‘म निशब्द भएको छु, यस घटनाले हाम्रो राष्ट्रमा एउटा शुन्यता छाएको छ, जुन सायद कहिल्यै पूर्ति हुने छैन,’ प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन् । लामो राजनीतिक करिअरमा पासवानले धेरै प्रधानमन्त्रीसँग काम गरिसकेका थिए । त्यस क्रममा उनले भारतको खानी, स्टिल, टेलिकम्युनिकेशन तथा सूचना लगायत मन्त्रालयमा रहेर काम गरे ।
लोक जनशक्ति पार्टीको प्रमुखको हैसियतमा पासवान २०१४ मा नै मोदीको दक्षिणपन्थी गठबन्धन सरकारमा सामेल भएका थिए । पासवान र उनको पार्टीले भारतमा समाजिक रुपमा वञ्चित समुदायको प्रतिनिधित्व गरेको थियो । जुन हिन्दू वहुल्य समाजको एकतिहाइ मतमा थियो । पासवान स्थायी रुपमा बिहार राज्यका थिए । पासवानका छोरा चिराग पनि विधायक हुन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २३ असोज २०७७, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’