नयाँदिल्ली । भारत सरकारका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री रामविलास पासवानको बिहीबार निधन भएको छ । संघीय गठबन्धन सरकारमा पासवान प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगी मानिन्थे । गत सेप्टेम्बर ११ मा अस्पताल भर्ना भएका पासवानको अक्टोबर ४ मा मुटुको अपरेशन गरिएको थियो ।
पासवानका छोरा चिरागले बिहीबार ट्वीटरमा लेख्दै ७४ वर्षको उमेरमा बाबुको निधन भएको जानकारी दिएका हुन् । खाद्यमन्त्रीको रुपमा पासवानले विश्वकै सबैभन्दा ठूलो खाद्य कल्याणकारी कार्यक्रमको निरीक्षण गरेका थिए । भाजपा नेतृत्वको सरकारले उनको मन्त्रालय मार्फत अर्बौँ डलर बराबरको कार्यक्रम लागु गरेको थियो । जस अन्तर्गत भारतका दशौँ लाख विपन्न जनतालाई चामल र गहुँ वितरण गरिन्छ ।
‘म निशब्द भएको छु, यस घटनाले हाम्रो राष्ट्रमा एउटा शुन्यता छाएको छ, जुन सायद कहिल्यै पूर्ति हुने छैन,’ प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन् । लामो राजनीतिक करिअरमा पासवानले धेरै प्रधानमन्त्रीसँग काम गरिसकेका थिए । त्यस क्रममा उनले भारतको खानी, स्टिल, टेलिकम्युनिकेशन तथा सूचना लगायत मन्त्रालयमा रहेर काम गरे ।
लोक जनशक्ति पार्टीको प्रमुखको हैसियतमा पासवान २०१४ मा नै मोदीको दक्षिणपन्थी गठबन्धन सरकारमा सामेल भएका थिए । पासवान र उनको पार्टीले भारतमा समाजिक रुपमा वञ्चित समुदायको प्रतिनिधित्व गरेको थियो । जुन हिन्दू वहुल्य समाजको एकतिहाइ मतमा थियो । पासवान स्थायी रुपमा बिहार राज्यका थिए । पासवानका छोरा चिराग पनि विधायक हुन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २३ असोज २०७७, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा