काठमाडौं । राप्रपाका अध्यक्ष त्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी बीचको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकोमा खुसी व्यक्त गर्दै आयोगलाई धन्यवाद दिने, जिल्लामा पार्टी समायोजनको समय असोज २९ सम्म बढाउने, केन्द्रीय कार्य समिति विस्तार गर्ने र डा।गोविन्द केसीको जीवन रक्षार्थ आबश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय गरेको अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटमार्फत जानकारी दिएका छन् ।
अध्यक्ष थापाले निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरेसँगै राप्रपा अब तीव्र गतिमा संगठन निर्माणमा लाग्ने समेत बताएका छन् । राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘सम्वर्द्धनवाद’को बैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण राप्रपाको लक्ष्य हुने अध्यक्ष थापाले जनाएका छन् ।
आगामी चुनावसम्ममा राप्रपालाई देशको अग्रणी शक्ति बनाउने दृढता समेत उनले व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ असोज २०७७, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग