पेट्रोल, डिजेल र मटितेलको मूल्य घट्यो

सफल खबर संवाददाता

विहीबार, १५ असोज २०७७, २० : ०५

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार  निगम सञ्चालक समितिलेपेट्रोल, डिजेल र मट्टितेलको मूल्य १–१ रुपैयाँ घटाएको हो । 

निर्णयअनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य १०६ रुपैयाँ पर्नेछ भने डिजेल तथा मट्टितेलको मूल्य ८९–८९ रुपैयाँ कायम भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको भारतबाट पनि सोहीअनुसार मूल्य सूची आएकाले मूल्य घटाइएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस