वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १४ असोज २०७७, १० : ०८
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

विराटनगर । सप्तरी राजविराजका एकजना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड १९ अस्पतालमा असोज १० गते भर्ना भएका सप्तरी राजविराज ४ का ३९ वर्षीय पुरुषको बुधबार बिहान ३ बजेर १० मिनेटमा मृत्यु भएको हो।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार अशोज ९ गते कोभिड १९ पोजिटिभ देखिएका बिरामीमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या थियो। बिरामीमा मिर्गौलामा समस्या भएर डाइलासिस हुँदै आएको थियो । धरानमा हालसम्म ३७ जना संक्रमितको मृत्यु भइसकेको प्रतिष्ठानले जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस