आइतबारसम्म अमेरिकामा ७२ लाख ९२ हजारबढीमा संक्रमण पुष्टि हुँदा २ लाख ९ हजार २३० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
यस्तै हालसम्म ४५ लाख २४ हजार निको हुँदा अझैपनि साढे २५ लाख बढी सक्रिय संक्रमित नै रहेका छन् । तीमध्ये २४ हजार बढीको अवस्था गम्भीर रहेको पनि समाचारमा जनाइएको छ ।
अमेरिकामा १० करोड ३६ लाख बढीको कोरोनाभाइरस पहिचानका लागि पीसीआर परीक्षण भएको छ ।
दक्षिण कोरियामा कति पुगे कोरोना संक्रमित ?
दक्षिण कोरियामा हाल सक्रिय संक्रमितको संख्या १९६२ जना रहेको कोरियाली सरकारले जनाएको छ ।
हालसम्म सो देशमा झण्डै २३ लाख जनाको कोरोना परीक्षण भएकोमा २३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमा पनि हालसम्म २१ हजार २२४ जना निको भइसकेका छन् भने बाँकी संक्रमितको उपचार भइरहेको छ ।
कोरियामा हालसम्म ४०१ जनाको कोरोनाबाट मृत्यु हुँदा १२४ जनाको अवस्था गम्भीर समेत रहेको समाचारमा जनाइएको छ ।
९ लाख ६० हजार बढी सक्रिय संक्रमित भारतमा
भारतभर हाल ९ लाख ६० हजार बढी कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् । आइतबारको अध्यावधिक विवरणअनुसार भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ६० हजार बढी रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको वेबसाइटमा उल्लेख छ ।
विवरणअनुसार हाल संक्रमित मध्ये ४९ लाख ४१ हजार ६२७ अर्थात कुल संक्रमितको ८२.४६ प्रतिशत निको भएका छन् । यस्तै हालसम्म ९४ हजार ५०३ जना निको भएको मन्त्रालयको विवरणमा उल्लेख छ । भारतमा संक्रमितमध्ये मृतकको प्रतिशत १.५८ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ असोज २०७७, २१ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
संयुक्त राष्ट्रसंघकी विशेषज्ञमाथि अमेरिकाको प्रतिबन्ध