एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल० क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गर्दै जितको खाता खोलेको छ ।
पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित कोलकोताले शनिबार राति युएईमा भएको दोस्रो खेलमा सनराइजर्स हैदराबादविरुद्ध शानदार जित निकालेको हो। हैदराबादले जितका लागि दिएको १४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर हासिल गर्यो।
कोलकाताको जितमा शुममन गिलले अविजित ७० रन बनाए। इयान मोर्गनले ४२ रनको योगदान दिए भने नितिस रानाले २६ रन जोडेका थिए। हैदराबादका राशिद खान, खलिल अहमेद र टी नटराजनले १–१ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो। आइपिएलमा आज (आइतबार) किंग्स इलेभन पञ्जाब र राजस्थान रोयल्सबीच खेल हुने छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ असोज २०७७, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल क्रिकेट : राजस्थानमाथि गुजरातको सानदार जित
आईपीएल : दिल्लीविरुद्ध कोलकाताको जित
आईपीएल : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा
आईपीएल : मुम्बईविरुद्ध हैदरावाद ६ विकेटले विजयी
आईपीएल : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित
आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित