CG Landmark
नारायणीमा बेवारिसे सडक मानवहरुलाई खाना खुवाउने अभियान स्थगित

हाम्रो संस्था सँधै बेवारिसे सडक मानवको सेवामा लागिरहन्छ : संयोजक सिता कुँवर

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, ०५ असोज २०७७, १७ : ४८
हाम्रो संस्था सँधै बेवारिसे सडक मानवको सेवामा लागिरहन्छ : संयोजक सिता कुँवर

चितवन । कोरोना भाइरस (कोभिड–१९) माहामारीका कारण भएको लकडाउन र निषेधाज्ञाले सबैको जीवन अस्तव्यस्त पा¥यो । कोरोनाको जोखिम उत्तिकै रहेपनि केही दिन यता सवारी साधन, हवाइ उडान, व्यापार व्यवसायहरु चल्ने गरी निषेधाज्ञालाई खुकुलो पारिएको छ ।

चैतदेखिको देशव्यापी लकडाउन सकिएपछि पनि जिल्ला प्रशासन कार्यालय चितवनले एक महिनासम्म जिल्लामा निषेधाज्ञा ग¥यो । त्यही अवधिभर विगत ३४ दिनदेखि बेवारिसे व्यवस्थापन पुनःर्जीवन केन्द्र चितवन शाखाले नारायणी नदी किनारमा बेवारिसेहरुलाई निःशुल्क खाना वितरण अभियान भनेर कार्यक्रम चलाइ रह्यो । आफूले कार्यक्रम सुरु गरेकोे १० दिनपछि लियो क्लव अफ भरतपुर युथलाई साथमा लिएर कार्यक्रम चलाएको बेवारिसे व्यवस्थापन तथा पुनःर्जीवन केन्द्र चितवन शाखाले आज भदौ ५ गते साँझबाट सो अभियान स्थगित गर्दैछ ।
बेवारिसे व्यवस्थापनका शाखाकी संयोजक सिता कुँवर हुन् । प्रस्तुत छ, उनै संयोजक सिता कुँवरसँग सफलखबर संवाददाता हिरालाल आचार्य ‘डायमण्ड’ले गरेको कुराकानी :

Yeti Diistillery Tansen Cement box

तपाईंहरुले बेवारिसेहरुलाई खाना खुवाउने कार्यक्रम भनेर सञ्चालन गर्नुभयो । के साँच्चै बेवारिसेहरुलाई खाना खुवाउनुभयो ?
हामीले सुरुका दिनहरुमा एकछाक मात्र खुवायौं । पछि दुई छाक खुवाउन थाल्यौं । एक छाक मात्र खुवाउने बेलासम्म दैनिक ३०० देखि ३५० जनासम्म र दुई छाक खुवाउन थालेपछि दैनिक ५०० देखि ५५० जना दुई छाकमा गरेर खाने थिए । जसमध्ये २८५ जना बेवारिसे सडक मानवहरु नै थिए । जो सडकमै सुत्ने गर्थे । अरुमा कोही कोठा भाडा तिर्न नसकेर छाडेका, कोही कोठामा बस्ने तर खाने अन्न नभएकाहरु थिए भने कोही बाहिरी जिल्लाबाट आएका तर लकडाउन र निषेधाज्ञाका कारण यहीँ रोकिएकाहरु थिए ।

सडक मानवमुक्त भरतपुर महानगरमा सहयोगापेक्षी सडक मानवहरु छन् भन्नुभयो नि । तपाईंसँग यसलाई पुष्टि गर्ने आधार के छ ?
हामी हरेक सडक मानवहरुलाई नजिकबाट नियाली रहेका हुन्छौं । हामीलाई पनि उनीहरुले चिन्छन् । उनीहरुसँगको अन्तत्र्रिmयाबाट नै हामी उनीहरु बेवारिसे सडक मानव भनेर छुट्याउन सक्छौं । राती नारायणगढका गल्लीहरु र नारायणी किनार तिरका गल्लीहरुमा बेवारिसे सडक मानवहरु सुतिरहेका देखिन्छन् । कसैलाई भरतपुरमा सडक मानव हेर्न मन भए हामी देखाउन तयार छौं । हामी सडक मानवको तथ्याङ्क पनि निकाल्न सक्छौं ।

भरतपुर महानगर, जिल्ला प्रशासन, मानव सेवा आश्रम, सुरक्षा निकायहरुले रातभर खटिएर सडक मानवलाई लगेर व्यवस्थापन गरेका थिए । फेरि कसरी यति धेरै सडक मानव थपिए छन्, त ? 
हामीले खुवाएका सडक मानवहरुको भिडमा नै छन्, उनीहरु । जसलाई त्यतिबेला सडकबाट उठाएर लगिएको थियो । त्यसरी लगिएकाहरु धेरै नै छन् यहाँ । जो आफैले भन्थे हामीलाई पहिला उठाएर लगिएको थियो भनेर । हामी पहिला लगिएका ती मानिसहरुलाई सडकमै देखाउन सक्छौं ।

खाना खुवाउने अभियानमा ककसको साथ पाउनुभयो ?
हामीले कार्यक्रम सुरु गरेको १० दिनपछि लियो क्लब अफ भरतपुर युथ हामीसँग सहकार्य गर्न आयो । त्यसपछि सो क्लबले अन्तिमदिनसम्म पनि निरन्तर हामीलाई यो काममा साथ दिइरह्यो । त्यस्तै आज ३४ दिनसम्म आइपुग्दा चितवनका अरु थुप्रै क्लबहरुले पनि बेलाबेलामा आएर काममा सघाइ रहे । 

विभिन्न व्यक्ति, संघसंस्था, व्यवसायिक पसलहरुको आर्थिक सहयोग गरेर हामीलाई सहयोग गरे । म त तेस्रो आँखा भएका सामाजिक व्यक्तिहरुको सहयोगले गर्दा आजसम्म खाना खुवाउन सकिएको हो भन्छु ।

सहयोगी हातहरुलाई के भन्न चाहनु हुन्छ ?
हामी सबै सहयोगी दाताहरुलाई भन्न चाहन्छौं । हजुरहरुको पैसा कत्तिपनि दुरुपयोग हुने छैन । यी बेवारिसेहरुकै सेवामा हामी लगाउने छौं । हजुरुहरुले दिएको पैसा बेवारिसेलाई खाना, खुवाउन, उनीहरुको औषधिउपचार गर्नमा नै खर्च भएको छ । हामी एउटा टिम मिलेर काम गरेका छौं । हामी आर्थिकरुपमा पारदर्शी छौं ।  

तपाईंको संस्थाले केके काम गर्ने गर्छ  । अनि अबको योजना के छ ?
हाम्रो संस्थाले २५ वटा जिल्लामा शाखा खोलेर काम गरेको छ । म चितवन शाखाको संयोजक हुँ भने प्रकाश थापा उपसंयोजक हुनुहुन्छ । हाम्रो शाखामा हामीले ११ सदस्यीय सञ्चालन समिति बनाएर काम गरेका छौं । हामी सडकमा रहेका बेवारिसेहरुलाई व्यवस्थापन गर्ने गर्छाैं । बेवारिसेहरुको लासलाई व्यवस्थापन गर्ने गर्छाैं । सडकमा बिरामी परेकाहरुलाई उपचार गर्न अस्पताल लैजान्छौं । 

हामीले भरतपुर महानगरपालिका १ ठिमुरामा बेवारिसेहरुलाई राख्नका लागि भवन बनाएका छौं । घर नभएका बेवारिसे सडक मानवलाई हामीले त्यही ठिमुराको भवनलाई आफ्नो घर ठान्न भनेका छौं । हाल हामीले ९ जना बेवारिसेहरुलाई संरक्षण दिइरहेका छौं । हामी अरु बेवारिसे राख्नका लागि थप भवन निर्माणको तयारीमा छौं । 

यतिबेला हामीले लामो दुरीका सवारी खुलेपछि भरतपुरमा रहेका सडक मानवहरुलाई आआफ्नो घर तथा उनीहरु जान खोजेको गन्तव्यसम्मको गाडी चढाएर पठायौं । यस्तै सडक मानवलाई खाना खुवाउनेमात्र होइन झुपडी र त्रिपाल टाँगेर बस्ने सुकुम्वासीहरुको घरघरमा पुगेर अन्न सहयोग ग¥यौं । 

हामीले खाना खुवाउन छाडेपनि निरन्तर बेवारिसेहरुलाई सेवा गरिरहन्छौं । यसपालीको दशैं बेवारिसेहरु सँगै मनाउने योजना बनाएका छौं । यिनीहरु भोलिबाट कहाँ गएर खाने भनेर चिन्तित हुन थालिसकेका छन् । सबैलाई लगेर राख्न सक्ने अहिले हाम्रो भवन छैन । चितवन शाखा यसै वर्षबाट सञ्चालनमा ल्याएका हौं । आउँदा दिनमा हामी सबै बेवारिसेहरुलाई व्यवस्थापन गर्ने प्रयास गरिरहने छौं । हामीले हाम्रो संस्था बेवारिसेहरुकै लागि खोलेका हौं । 

अन्त्यमा, के बेवारिसे सडक मानवको व्यवस्थापन सहज छ ?
बेवारिसे सडक मानवलाई व्यवस्थापन गर्न निकै चुनौती छ । खाना खुवाएरमात्र भएन । बिरामी हुँदा उनीहरुलाई औषधि उपाचार गर्नुपर्छ । लागुऔषध दुव्र्यशनीमा फँसेकाहरुलाई सुधार केन्द्रमा लगेर सुधार्नु पर्छ । त्यही भिडमा कोही बदमास चोर हुन्छन्, उनीहरुलाई सुधार्ने कि त प्रहरीको जिम्मा लगाउनुपर्छ । 

यो हामीले मात्र गरेर हुने काम होइन । तर यसको मतलब हामी गर्न सक्दैनौं भन्ने होइन । सरकारले अ‍ैलानी जग्गा उपलब्ध गराइदियोस । विभिन्न आश्रमलाई छुट्याइने बजेट काम गरेर देखाउने संस्थालाई दिइयोस । हामीले बेवारिसेहरुलाई प्रयोग गरेर एउटा व्यवसाय पनि चलाउन सक्छौं । सडकमा आएकाहरु सबै अशिक्षित छैनन् । बरु धरै मानिसहरु पढेका, मिहिनेती, अध्ययनशिल र सिर्जनशिल छन् । यसरी सबै बेवारिसे सडक मानवहरुलाई एकतृत गरेर सडकबाट हटाउन नसके यो समस्या कहिल्यै समाप्त हुने छैन् । तिनै बेवारिसे सडक मानवहरुको सन्ततीहरु भोलिका सडक मानव बन्ने छन् । त्यसैले सबैले सोचौं । नारामा मात्र होइन्, त्यसलाई व्यवहारमा उतारेर काम गरौं ।