चरिकोट । नेकपा (एमाले) दोलखाले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको छ ।
शुक्रबार दोलखाको चरिकोटमा सम्पन्न पार्टी जिल्ला कमिटी बैठकले अध्यक्ष नरबहादुर श्रेष्ठसहित ९ जनालाई महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन गरेको हो । जसअनुसार अध्यक्ष श्रेष्ठसहित खुलातर्फ ईश्वरचन्द्र पोखरेल, भरतबहादुर केसी र डबल पाण्डे चयन भएका छन् ।
त्यस्तै शान्तिकुमारी तामाङ, उर्मिला थामी र शारदा राणा महिलातर्फ, दलिततर्फ विशाल विश्वकर्मा तथा युवातर्फ लक्ष्मण गुभाजु चयन भएका छन् । एमाले नेता तथा पार्टीका इन्चार्ज पार्वत गुरुङको पहलमा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएको एमाले दोलखा जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्र मानन्धरले बताए ।
बैठकमा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका नेता गुरुङले राष्ट्र र जनतालाई संकटबाट जोगाउन पनि पार्टीको नीति र नेतृत्वको विकल्प खोज्न नहुने धारणा राखेका थिए ।
एमालेको महाधिवेशन यही मङ्सिर २७–२९ गते काठमाडौँमा आयोजना हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०८२, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पा २ मा एमालेले उम्मेदवार फेरेको फेरयै
काठमाडौंमा आज एमालेको जनप्रदर्शन, जनसभालाई ओलीले सम्बोधन गर्ने
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
पदाधिकारी सुरक्षित गर्ने ओलीको रणनीति
एमाले उम्मेद्वार को कहाँ ?
एमाले सचिवालय बैठक सुरु