एजेन्सी । नेपालले वार्ताको लागि भारतलाई पटकपटक पत्रचार गरेको छ । तर भारतले लगातार बेवास्ता गरेको छ । नेपालले सीमा विवाद सुल्झाउन वार्ताको लागि पटकपटक पत्रचार गरिरहेको छ, तर कोरोना महामारी देखाउँदै नेपालसँग वार्तामा बस्न मानिरहेको छ । तर नेपाललाई माइनस गर्दै अन्य छिमेकीहरुसँग धमाधम संवादको ढोका खोल्दै अगाडि बढेको छ ।
भारतीय दैनिक अखबार टाइम्स अफ इण्डियाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग यही असोज १० गते शनिबारका दिन भर्चुअल बैठक गर्दैछन्। भारतीय मिडियाका अनुसार यो भारतकै अग्रहसरतामा हुन लागेको सम्वाद हो।
श्रीलंकासँग मात्र होइन भारतले केही दिन भित्रै माल्दिभ्स, बंगलादेश, अफगानिस्तान, म्यानमार लगायतका छिमेकीसँग उच्चस्तरीय वार्ताहरु गर्ने तयारीलाई तीव्रता दिएको छ । तर नेपालको पत्रचारलाई उसले सदैव बेवास्ता गरिरहेको छ । नक्साको विषयलाई लिएर यतिबेला नेपाल र भारतबीच सुमधुर सम्बन्ध हुन सकेको छैन । नेपालले सम्बन्धको लागि पटकपटक पत्र पठाए पनि भारतले गम्भीर रुपमा लिएकै छैन ।
गत वर्ष २०७६ सालको कार्तिक देखि नेपाल र भारतबीच गम्भिर वार्ता हुन सकेको छैन। भारतले २०७६ कार्तिक १६ गते नयाँ राजनीतिक नक्सा जारी गरेर नेपाली भूमी कालापानी, लिपुलेख र लिम्पियाधुरा भारततर्फ पारिएको थियो। यसप्रति नेपाल सरकारले आपत्ति जनाउँदै कूटनीतिक नोट पठायो। तर भारतले सुनेन ।
भारतका रक्षा मन्त्री राजनाथ सिंहले २०७७ वैशाख २६ गते कालापानीबाट लिपुलेखहुँदै चीनको मानसरोवर जाने लिंक रोडको उद्घाटन गरेपछि दुई देशबीच तनाब बढ्यो । नेपालले सीमा विवाद समाधान गर्न वार्ताको लागि भारतलाई पटक पटक पत्र पठायो। तर भारतले जवाफ दिएन। भारतले वार्ताको कुनै संकेत नगरेपछि नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको थियो । नक्सा जारी भएपछि भारत र नेपालबीचको सम्बन्धमा दरार आयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ असोज २०७७, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’
तीन शतकसँगै भारतले जोगायो टेस्ट