एजेन्सी । टिकटक र वीच्याटको डाउनलोड माथिको प्रतिबन्ध अमेरिकामा आइतबारदेखि लाग्ने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि अमेरिकी एप स्टोरमा टिकटक र वीच्याट प्रतिबन्धित हुने बताएका छन् ।
अमेरिकाको वित्त विभागले आइतबारदेखि कुनै पनि एप प्लाटफर्मबाट चिनियाँ एप्लिकेशनहरु टिकटक र वीच्याट डाउनलोड गर्न नदिने स्पष्ट पारेको छ ।
ट्रम्प प्रशासनले टिकटक तथा वीच्याटसहितका चिनियाँ एप्लिकेशनले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको दाबी गर्दै आएको छ । यी एप्लिकेशनले प्रयोगकर्ताका जानकारीहरु चीनलाई उपलब्ध गराउने भन्दै चासो व्यक्त भएको हो । दुवै चिनियाँ कम्पनीले सो आरोप अस्वीकार गरेका छन् ।
आइतबारदेखि वीच्याट अमेरिकामा बन्द हुनेछ । तर यसअघि नै टिकटक डाउनलोड गरेकाहरुले नोभेम्बर १२ सम्म चलाउन पाउने छन् । त्यसपछि टिकटकमाथि पनि पूर्ण प्रतिबन्ध लाग्ने छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०३ असोज २०७७, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची
इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क
अमेरिकाले कब्जा गर्यो रुसी झण्डावाहक तेल ट्याङ्कर
विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
अमेरिकाद्वरा भेनेजुएलाको अर्को तेल ट्यांकर जफत