रेल सपनाको एउटा फड्को

पत्रपत्रिकाबाट

शनिबार, ०३ असोज २०७७, ०७ : २८
रेल सपनाको एउटा फड्को

जनकपुरधाम । ६ वर्षको प्रतीक्षालाई समाप्त पार्दै नेपालको आफ्नै रेल जनकपुर आइपुगेको छ। भारतको जयनगरबाट शुक्रबार मध्याह्न साढे १२ बजेतिर हिँडेको नेपाल रेलवे अपराह्न पौने २ बजे जनकपुर आइपुगेको हो ।

रेल विभागका साइट इन्जिनियर विनोद ओझाले विवाह पञ्चमीदेखि सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए । उनका अनुसार एउटा सेटबाट एक पटकमा १ हजार ३ सय यात्रुले यात्रा गर्न सक्नेछन्। दुइटा सेटमा गरी २ हजार ६ सय यात्रुले एक पटकमा यात्रा गर्नेछन् ।

जनकपुर–जयनगर रेलमार्गमा सेवा सञ्चालन गर्न इन्जिन र बोगी भारतको मद्रासमा बनाई हाजिपुर–जयनगर हुँदै जनकपुरधामसम्म ल्याइएकोे साइट इन्जिनियर ओझाले बताए ।

२ थान १६ सय एचपी डेमु रेल सेट ८३ करोड ९३ लाख ६० हजार रुपैयाँमा खरिद गरिएको विभागले जनाएको छ । यसमा एउटा ड्राइभिङ पावर कार, एउटा ड्राइभिङ ट्रेलर कार, दुईवटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार छन्। रेलको डिजाइन स्पिड प्रतिघण्टा १ सय १० किलोमिटर छ । अन्नपूर्ण पोस्टमा खबर छ ।