जाँदाजाँदै कुलमानले के भने त्यस्तो ? जसले सबैको मन छोयो

सफल खबर संवाददाता

मंगलबार, ३० भदौ २०७७, १५ : ४७
जाँदाजाँदै कुलमानले के भने त्यस्तो ? जसले सबैको मन छोयो

काठमाडौँ ।  काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल पूरा भएको छ । आज प्राधिकरणका कर्मचारीहरुले सम्मानका साथ उनलाई विदाइ गरेका छन् ।

चार वर्षे कार्यकाल सोमबार पूरा गरेपछि मंगलबार प्राधिकरणमा आयोजित बिदाइ कार्यक्रमलाई घिसिङले सबैको मन छुने गरी सम्बोधन गरे । कार्यक्रममा घिसिङले भने, ‘एउटै व्यक्ति एउटा जिम्मेवारीमा सधैँ रहिरहनुपर्छ भन्ने छैन, विकल्परहित कोही छैन ।’ उनका अनुसार कार्यकारी निर्देशक आउने जाने हुन्छ, तर जो आएपनि देश र जनताको हित हुने गरी काम गर्नुपर्छ ।’

घिसिङले प्राधिकरणको इज्जत बढाउन आफ्नो कुनै न कुनै भूमिका रहेको बताए । उनले भने, ‘हिजो विद्युत प्राधिकरणमा को आयो को गयो कसैलाई थाहा हुँन्थेन, अहिले कार्यकारी निर्देशकको पोष्टको चर्चा हुन्छ, यो हामीले कमाएको इज्जत हो ।’ 

घिसिङले प्राधिकरणमा आफू रहदा हिजोको भन्दा बढी काम भएको बताए। उनले कर्मचारीलाई सुविधा बढाउनेदेखि अन्धकार नेपाललाई उज्यालो नेपाल बनाएको विषयको सम्झना गरेका छन्।

घिसिङ कार्यकारी निर्देशक बन्दा वर्षातको समयमा ६ देखि ८ घण्टासम्म र अन्य समयमा १४ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । लोडसेडिङका कारण मुलुक कहालिलाग्दो अन्धकारले आकान्त थियो। प्राधिकरण घाटामा थियो भने ६३ प्रतिशत जनता मात्र विद्युतको पहुँचमा थिए ।

कर्मचारीको वृत्तमा पनि केही सुविधा भएका छन्। ‘अगामी दिन प्राधिकरणको लक्ष्य एकदम सुन्दर छ’, घिसिङले भने। बिदाइका क्रममा लिखित भाषण गर्दै घिसिङले आफूलाई सहयोग गर्ने सबैको सम्झना गरेका छन्। 

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।

चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका कुलमानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा  नियुक्ति गरेका थिए ।

पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्‍याउन विभिन्न क्षेत्रबाट माग भएको छ ।
 

प्रतिक्रिया दिनुहोस