‘५ मिनेट मात्रै बोल्नु’ भन्दा किन कड्किए नेकपाका यी तीन नेता ?

सफल खबर संवाददाता

शनिबार, २७ भदौ २०७७, ०९ : ३८
‘५ मिनेट मात्रै बोल्नु’ भन्दा किन कड्किए नेकपाका यी तीन नेता ?

काठमाडौं । सत्तासिन दल नेकपामा दुई अध्यक्षले १४४ दिन देखि उत्र्कषमा पुगेको विवाद हिजो बिर्सजन गर्ने मेसो खोज्दै थिए । १० असारबाट जारी स्थायी समिति बैठक समापन शुक्रबार गर्ने योजनाका साथ उनीहरुले आफ्ना साझा प्रस्ताव बुधबार नै स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि इमेल मार्फत पठाएका थिए । सँगै स्थायी समिति सदस्यहरुलाई भनिएको थियो,‘बिहिबार साँझ ५ वजेसम्म प्रस्तावमा यसैगरी इमेलमार्फत नै लिखित सुझाव दिनुहोला ।’ 

दुई अध्यक्षले गत असार १० मा स्थायी समिति बैठकमा साझा प्रस्ताव समेत ल्याउन सकेका थिएनन् । दुई तिर मुख फर्काउदा त्यसदिन आ –आफनो तर्फबाट मौखिक धारणा राखेर बैठकको एजेण्डा मात्र सुनाएर पार्टी बैठक शुरु गरिएको थियो । त्यसपछि भने नेताहरुले अनेक उतारचढाव भोगेका थिए, बैठकभित्रै । बैठकको परिदृश्य यस्तो थियो की, यो बीचमा अब नेकपा एउटै संङलो पार्टीमा रहिरहदैन् । पार्टी विभाजन हुन्छ, ओली एकातिर र प्रचण्ड माधव नेपाल, झलनाथ खनाल अर्काेतिर रहने गरी नेकपामा विभाजन हुन्छ । तर विवादको डिलमा पुगेका पार्टीलाई फेरि दुई अध्यक्षले सम्हालेरै एकताबद्ध बनाएका छन् । तर विवाद मिलाउन ओली र प्रचण्डले जुन प्रस्ताव ल्याए, त्यसमा केही नेताहरुले भने अझै कार्यान्वयनमा शंकाले हेरिरहेका छन् । 

ओली र प्रचण्डले ५ मिनेट मात्र बोल्न सकिने धारणा बैठकमा के राखेका मात्र थिए, नेकपाका तीन जना स्थायी समिति सदस्य कड्किए । ति नेताहरु थिए,– रघुजी पन्त, अष्टलक्ष्मी शाक्य र लिलामणि पोखरेल ।  ‘बैठकमा बोल्नै नदिने र नपाउने भन्ने हुन्छ ? तँपाईहरुका लागि मन लागेका विषय मात्र हुन्छन्, जनवादी केन्द्रीयता हुदैनन् ? हामीले बैठकमा बोल्न पाउनुपर्छ, ५ मिनेटले पुग्दैन, २० मिनेट चाहिन्छ,’

कोभिडको महाव्याधी र पार्टीभित्रको विवाद मथ्थर भएका बेला दुई अध्यक्षले बैठकको मैझारो गर्न एकै दिनमा बैठक समापन गर्ने योजना बनाए । सोही आधारमा प्रस्ताव इमेलमार्फत अध्ययनका लागि पठाउने र इमेलमार्फत नै बैठक अगाडी नै सुझाव माग गर्ने काम भएको थियो । तर कतिपय नेताहरुले त्यसरी लिखीत सुझाव नदिएपनि बैठकमै बोल्न पाउनुपर्ने माग हिजोको बैठकमा गरेका थिए ।  ‘धेरै साथीहरुको प्रस्तावमा इमेलमार्फत नै लिखित सुझाव आएका छन्, अब बोल्नै पर्ने केही विषय भएमात्र ५ मिनेटमा आफ्नो सम्बोधन सक्ने गरी मात्र तँपाईहरुले आफ्ना भनाई बैठकमा राख्न सक्नुहुन्छ’–पार्टी स्थायी समितिको शुक्रबारको बैठकको अध्यक्षता गर्दै ओली र प्रचण्डले भनेका थिए । 

ओली र प्रचण्डले ५ मिनेट मात्र बोल्न सकिने धारणा बैठकमा के राखेका मात्र थिए, नेकपाका तीन जना स्थायी समिति सदस्य कड्किए । ति नेताहरु थिए,– रघुजी पन्त, अष्टलक्ष्मी शाक्य र लिलामणि पोखरेल ।  ‘बैठकमा बोल्नै नदिने र नपाउने भन्ने हुन्छ ? तँपाईहरुका लागि मन लागेका विषय मात्र हुन्छन्, जनवादी केन्द्रीयता हुदैनन् ? हामीले बैठकमा बोल्न पाउनुपर्छ, ५ मिनेटले पुग्दैन, २० मिनेट चाहिन्छ,’– नेताहरुले भने ।  ओली भने त्यसपछि आफुलाई धेरै मानिस भएका ठाँउमा धेरै समय चिकित्सकहरुले नबस्न सुझाव दिएको र बाँकी बैठकको अध्यक्षता, सञ्चालन, निर्णय प्रक्रिया सबै अध्यक्ष प्रचण्डले गर्ने भन्दै बैठकबाट बाहिरिए ।

तर नेताहरुले ५ मिनेटको सट्टा २० मिनेट बोल्न पाउनुपर्ने माग गरिरहे । एक स्थायी समिति सदस्यका अनुसार, अध्यक्षद्धय ५ मिनेटमा नेताहरुलाई बोल्न दिने भन्ने, तर तीन नेता समय पुग्दैन भन्दै २० मिनेट बोल्न पाउनुपर्ने माग गरिरह्ने । यो रस्साकस्सीपछि पछि बीचको बाटो निकालियो, –१० मिनेट बोल्न दिने । त्यसपछि नेताहरुले दुई अध्यक्षले इमेलमार्फत नै राखेको प्रस्तावमा १० मिनेटका दरले आफ्ना धारणा राख्न पाए । शुरुमै वरिष्ठ नेता माधव नेपालले धारणा राखे । त्यसपछि अन्य १२ नेताले अध्यक्षद्धयको प्रस्तावमा केन्द्रीत रहेर टिप्पणी गरे । 

‘अहिले देखिएको मिलाप विलापमा परिणत नहोस्, देखावटी र शक्ति विभाजन नहोस् भनेर गरिएको एकता टिकाउ हुँदैन ।’ रघुजी पन्तले बोल्दै भने, –‘सरकार पार्टीले चाहे जसरी लोकप्रिय हुन सकेन् ।  त्यसको कारक नेतृत्व नै हो । यो बीचमा हामी बाँदर जसरी लड्यौं, एकअर्कालाई कोपराकोपर ग¥र्यौ । रक्ताम्य भएपछि थाकेर युद्धविराम गर्न आइपुगेका छौं । यसरी संघर्ष गर्न आवश्यक थियो कि थिएन, संघर्षका परिणाम यो हो कि हैन ?’ उनले यो दिगो हुन्छ, हुदैनमा शंकै रहेको धारणा राखे । २० मिनेट नै बोल माग गरेका अर्का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले पनि दुई अध्यक्षले ल्याएको अहिलेको निर्णय टिकाउ हुनेमा शंका ब्यक्त गरे ।

‘यो प्रस्ताव सिकिस्त बिरामीलाई कोरामिन दिएजस्तै हो खासमा गर्नुपर्ने त सर्जरी नै थियो,’ पोखरेलले भने,–‘ यसले निर्णय टिकाउ होला भन्ने शंका दिएको छ ।’ अष्टलष्मी शाक्यले विधानको उल्लंघन गर्नेहरुका बारेमा प्रतिवेदनमा केही नआएको भन्दै असन्तुष्टि पोखे । मात्रिका यादव र लिलामणि पोखरेलले त अझ प्रस्तावमा फरक मत राख्ने धारणा समेत राखे ।

‘एकता संर्घष रुपान्तरण हुनुपर्नेमा एकता संर्घष अनि फेरि नँया ढंगको एकता मात्र भनेर कँहा हुन्छ ? प्रस्ताव नै ठिक छैन । यो के बनाएको ? यति लामो लडाई लड्यौं, लडिसकेपछि फास्सफुस्स के के भयो जस्तो के गरेको ? किन लडेको ? कोपारकुपुरु कनि गरेको ?’ मात्रिकाले भने, –‘प्रस्तावमा मेरो भिन्न मत हुन्छ ।’ लिलामणि पोखरेलले एमसिसिका बारेमा पास गर्न हुदैन् भनेर फरक मत आफुले राख्ने बताए । तर पछि प्रस्तावमा फरक मत रहने भन्ने नेतालाई अध्यक्ष प्रचण्डले थामथुम पारेपछि प्रस्ताव सर्वसम्मत पारित भएको थियो ।

प्रतिक्रिया दिनुहोस