काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले एमसीसी परियोजनाविरुद्ध देशभर विरोध प्रदर्शन गर्ने भएको छ। साउन ३० गते देशका मुख्य सहरमा एमसीसी विरुद्ध जनप्रदर्शनको आह्वान गरेको हो ।
नेकपाको एमसीसी सरोकार समितिका संयोजक भरत सीले एक विज्ञप्ति जारी अमेरिकाले केही महिना अगाडि स्थगित गरेको एमसीसी परियोजना नेपालमा पुनः सुरु गर्ने निर्णय गरेकोको भन्दै आपत्ति जनाए ।
विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत छन् । परिमार्जनबिना जबरजस्ती पुनः एमसीसी लाद्नु घातक छ । एमसीसी विरुद्धको न्यायोचित देशभक्तिपूर्ण जनसङ्घर्ष अघि बढाउन र सफल पार्न सम्पूर्ण देशभक्त, वामपन्थी, कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिलाई हार्दिक अनुरोध गर्दछौँ ।’
एमसीसी रहेसम्म सङ्घर्ष जारी रहने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ साउन २०८२, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?