काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले एमसीसी परियोजनाविरुद्ध देशभर विरोध प्रदर्शन गर्ने भएको छ। साउन ३० गते देशका मुख्य सहरमा एमसीसी विरुद्ध जनप्रदर्शनको आह्वान गरेको हो ।
नेकपाको एमसीसी सरोकार समितिका संयोजक भरत सीले एक विज्ञप्ति जारी अमेरिकाले केही महिना अगाडि स्थगित गरेको एमसीसी परियोजना नेपालमा पुनः सुरु गर्ने निर्णय गरेकोको भन्दै आपत्ति जनाए ।
विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत छन् । परिमार्जनबिना जबरजस्ती पुनः एमसीसी लाद्नु घातक छ । एमसीसी विरुद्धको न्यायोचित देशभक्तिपूर्ण जनसङ्घर्ष अघि बढाउन र सफल पार्न सम्पूर्ण देशभक्त, वामपन्थी, कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिलाई हार्दिक अनुरोध गर्दछौँ ।’
एमसीसी रहेसम्म सङ्घर्ष जारी रहने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ साउन २०८२, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा धुलो टक्टकाएर फेरि उठ्छः पुन
निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद ज्ञापन
नेकपाबाट समानुपातिकमा को बन्लान् सांसद ?
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
प्रत्यक्षमा ७ सिट जितेको नेकपाले समानुपातिकमा कटायो ६ लाख मत
सल्यानमा नेकपाका मल्लको सुरुवाती अग्रता