एजेन्सी । भारत र चीन बिच बढ्दै गएको तनाव केही मत्थर भएको छ । दुवै देशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा जारी तनाव कम गर्न पाँच बुँदे सहमति भएको छ ।
भारतीय विदेश मन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वांग यीबीच रुसको मस्कोमा भएको भेटवार्तामा पाँच बुँदे सहमति भएको अन्र्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् । सीमामा तनाव कम गर्न दुवै देशका विदेशमन्त्रीको बैठकले पाँच बुँदे सहमति गरेपनि के कस्तो सहमती भयो भन्ने विषयमा केही सार्वजनिक गरिएको छैन् ।
बैठकमा भारतका विदेश मन्त्री जयशंकरले एलएसीमा जारी तनाव थप बढाउने पक्षमा भारत नरहेको र चीनसँगको भारत नीतिमा पनि कुनै परिवर्तन नरहेको स्पष्ट पारेको बताईएको छ । चिनियाँ विदेश मन्त्रालयले पनि दुई देश छिमेकी भएको नाताले केही मुद्दामा असहमति हुनु स्वभाविक रहेको तर त्यसलाई सही ढंगले समाधान गरिनुपर्ने पक्षमा चीन रहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २६ भदौ २०७७, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा