एजेन्सी । भारत र चीन बिच बढ्दै गएको तनाव केही मत्थर भएको छ । दुवै देशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा जारी तनाव कम गर्न पाँच बुँदे सहमति भएको छ ।
भारतीय विदेश मन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वांग यीबीच रुसको मस्कोमा भएको भेटवार्तामा पाँच बुँदे सहमति भएको अन्र्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् । सीमामा तनाव कम गर्न दुवै देशका विदेशमन्त्रीको बैठकले पाँच बुँदे सहमति गरेपनि के कस्तो सहमती भयो भन्ने विषयमा केही सार्वजनिक गरिएको छैन् ।
बैठकमा भारतका विदेश मन्त्री जयशंकरले एलएसीमा जारी तनाव थप बढाउने पक्षमा भारत नरहेको र चीनसँगको भारत नीतिमा पनि कुनै परिवर्तन नरहेको स्पष्ट पारेको बताईएको छ । चिनियाँ विदेश मन्त्रालयले पनि दुई देश छिमेकी भएको नाताले केही मुद्दामा असहमति हुनु स्वभाविक रहेको तर त्यसलाई सही ढंगले समाधान गरिनुपर्ने पक्षमा चीन रहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २६ भदौ २०७७, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’