काठमाडौं । धरान उपमहानगरपालिका–११ की २२ वर्षीया युवतीको मृत्यु प्रकरणमा ४ जना पक्राउ परेका छन् । भदौ २२ मा सोनीहाङ्मा लिम्बु आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
पक्राउ पर्नेहरुमा ६१ वर्षीय भीम माबो, २८ बर्षीया सन्जु माबो, २५ बर्षीया विमला माबो र २० वर्षीय हेमकुमार माबोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।
सोनी आफ्नै कोठाको पंखामा झुन्डिएको भनी प्रहरीलाई खबर गरेपनि प्रहरी पुग्दा झुन्डिएको अवस्थामा शव भेटिएको थिएन । सोनीको शव झुण्डिएको अवस्थामा नभेटिएर खाटमा राखिएको अवस्थामा भेटिएको थियो ।
केही महिनाअघि सोनीले धरानका आइत माबोसँग भागेर विवाह गरेकी थिइन् । सोनीको माइती पक्षले उनको मृत्यु रहस्यमय भएको भन्दै इलाका प्रहरी कार्यालय धरानमा मंगबलार किटानी जाहेरी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ भदौ २०७७, २१ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुवेत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ
लागू औषधसहित पाँच जना पक्राउ
लागू औषधसहित दुई जना पक्राउ
डोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ
मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ