काठमाडौं । धरान उपमहानगरपालिका–११ की २२ वर्षीया युवतीको मृत्यु प्रकरणमा ४ जना पक्राउ परेका छन् । भदौ २२ मा सोनीहाङ्मा लिम्बु आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
पक्राउ पर्नेहरुमा ६१ वर्षीय भीम माबो, २८ बर्षीया सन्जु माबो, २५ बर्षीया विमला माबो र २० वर्षीय हेमकुमार माबोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।
सोनी आफ्नै कोठाको पंखामा झुन्डिएको भनी प्रहरीलाई खबर गरेपनि प्रहरी पुग्दा झुन्डिएको अवस्थामा शव भेटिएको थिएन । सोनीको शव झुण्डिएको अवस्थामा नभेटिएर खाटमा राखिएको अवस्थामा भेटिएको थियो ।
केही महिनाअघि सोनीले धरानका आइत माबोसँग भागेर विवाह गरेकी थिइन् । सोनीको माइती पक्षले उनको मृत्यु रहस्यमय भएको भन्दै इलाका प्रहरी कार्यालय धरानमा मंगबलार किटानी जाहेरी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ भदौ २०७७, २१ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ