अबको अर्थमन्त्री को ? प्रधानमन्त्रीका यस्ता छन्, विकल्प

सफल खबर संवाददाता

बुधबार, २४ भदौ २०७७, ०८ : ५४
अबको अर्थमन्त्री को ? प्रधानमन्त्रीका यस्ता छन्, विकल्प

काठमाडौं । प्रधानमन्त्रीले चाहाँदाचाहाँदै पनि अर्थमन्त्रीमा डा युवराज खतिवडालाई दोहोराउन नसकेपछि अबको अर्थमन्त्री को बन्लान् ? नेकपाभित्र मात्र होइन, बाहिर पनि चर्चा चल्न थालेको छ । 

तर यस विषयमा प्रधानमन्त्री र उनी निकट नेताहरुको धारणा बाहिर आएको छैन । खतिवडालाई राष्टि«य सभामा लगेर पुःन अर्थमनत्रीमै प्रधानमन्त्री ओलीले दोहोराउन चाहेका थिए । तर उनको त्यो योजनामा पार्टी उपाध्यक्ष वामदेव गौतमले व्रेक लगाइदिए । राष्टि«य सभामा मनोनित कोटामा आफूलाई लैजाने गत फागुन १४ को निर्णय कार्यान्वयनको माग गौतमले गरेपछि प्रधानमन्त्रीले खतिवडालाई दोहोराउने योजनामा ब्रेक लागेको हो । 

सोही ब्रेकका कारण खतिवडाले साउन १९ मा पदबाट राजीनामा दिइसकेका छन् । उनले राजीनामा नदिएको भएपनि २० भदौको मध्यरातबाट स्वत पद समाप्त हुने थियो, संवैधानिक व्यवस्था अनुसार पनि । 

प्रधानमन्त्रीको रुचीका पात्र खतिवडा अर्थमन्त्रीमा नदोहोरिने भएपछि अब नेकपाभित्रबाट को अर्थमन्त्री बन्न सक्लान् ? अहिले विभिन्न विकल्पमा छलफल चलेको छ ।

अर्थमन्त्रीका लागि अहिले नेकपाभित्रबाट महासचिव विष्णु पौडेल, सरेन्द्र पाण्डे लगायतका नेताहरु चर्चामा छन् ।  तर हुन्छन् को ? प्रधानमन्त्री र उनी निकट नेताहरु चुपचाप बसेका कारण अहिलेसम्म कसैले यसै हुन्छ भन्ने अनुमान लगाउन सकेका छैनन् ।

यस्ता छन्, प्रधानमन्त्रीका विकल्प

अर्थमा राज्यमन्त्री मात्रै राख्ने
प्रधानमनत्री ओलीले निवर्तमान अर्थमनत्री डा युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन नसकेपछि खतिवडाको अन्तिम बिदाई क्याविनेट र त्यसपछि प्रधानमनत्री ओलीले कोभिड पछिको अर्थतन्त्रको अवस्थाका बारेमा नीजि क्षेत्रका उद्योगी ब्यवसायीसँगको छलफलमा खतिवडालाई अर्थतन्त्र टेवामा सहयोग गर्न अपिल गरेका थिए । यसले पनि उनलाई प्रधानमनत्रीले केही महत्वपूर्ण जिम्मेवारी दिन चाहेका देखिन्छन् । यसको अर्थ उनलाई प्रधानमनत्रीले के जिम्मेवारी देलान् ? अहिले निक्कै चर्चा चल्ने गरेको छ । 

धेरै जसोको एउटै अनुमान बाहिरिएको छ, क्याविनेट बैठकबाट खतिवडालाई मन्त्री सो सरहको सेवा सुविधा दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार राख्न सक्छन् । प्रधानमन्त्री ओलीले बालुवाटारभित्रै आफ्नो आर्थिक सल्लाहकारमा खतिवडालाई सक्रिय बनाउने, सिंहदरवारको अर्थमन्त्रालयमा भने कुनै आफू निकट नेतालाई क्याविनेट मन्त्रीको हैसियतमा राज्यमन्त्री मात्र नियुक्ति गर्ने । 

दिउँसो सिंहदरवारमा त्यसरी नियुक्त गरिएका अर्थ राज्यमन्त्रीले दैनिक प्रशासन चलाउने र बिहानबेलुकी वालुवाटारभित्र बसेर खतिवडाले अर्थमन्त्रालयको खटनपटन सम्पूर्ण रुपमा गर्ने । यो विकल्पमा प्रधानमन्त्री अगाडि बढिरहेको स्रोतको भनाइ छ । 

आफू निकटलाई मन्त्री नियुक्त गर्ने र डिफ्याक्टरमा रुपमा मात्र काम लगाउने
ओलीले आफू निकटकै कुनै नेतालाई अर्थमन्त्रीका रुपमा नियुक्त गरेपनि खतिवडालाई नै भित्री रुपमा भने कामकाजी बनाउने रणनीतिमा पनि विकल्प सोचिरहेका छन् । त्यसो हुँदा नियुक्त भएर आउने अर्थमन्त्रीले निवर्तमान अर्थमन्त्री खतिवडाको डिफ्याक्टरका रुपमा मात्र काम गर्नुपर्छ । अर्थात हस्ताक्षर मात्र नियुक्त हुने अर्थमनत्रीका रुपमा रहने तर योजना र निर्देशन सबै निर्वतमान अर्थमन्त्री खतिवडाले चलाउने । यसका लागि ओलीले अहिले परराष्ट«मन्त्री रहेका प्रदीप ज्ञवाली लगायतका केही नेताहरुलाई अर्थमन्त्रीका रुपमा अगाडी सार्न सक्ने सम्भावना पनि उत्तिकै रहेको अडकलबाजी नेकपाभित्र छ ।

विष्णु पौडेललाई अर्थमन्त्रीमा नियुक्त गर्ने
ओलीको तेश्रो विकल्प महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने हुन सक्छ । ओली पहिलो पटक सरकारमा रहँदा पौडेल नै अर्थमन्त्री थिए । उनी पार्टीभित्र बलियो आकांक्षी हुन् । तर उनी पार्टी महासचिव पनि रहेकोले उनीमाथी पार्टी जिम्मेवारीकै बोझ बढी छ । एक व्यक्ति एक प्रमुख जिम्मेवारीको माग उठिरहेकोले पनि उनले चाहेर पनि त्यो पद स्वीकार गर्ने, नगर्ने दुविधा छ । महासचिव पौडेलले पार्टीभित्रै आफूलाई कामको बोझ रहेको तर यसमा प्रधानमन्त्रीले गर्ने निर्णय अन्तिम हुने बताउन थालेका छन् । तर पार्टीका शीर्ष नेताहरुमध्ये सबैभन्दा बलियो आकांक्षी भने विष्णु पौडेल देखिएका छन् । 

सुरेन्द्र पाण्डे लाई अर्थमनत्रीमा नियुक्त गर्ने
प्रधानमन्त्रीको अन्तिम र चौथो विकल्प भने स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई अर्थमनत्री बनाउने हो । पाण्डेले अर्थमन्त्रीमा रुची देखाएका पनि छन् । अर्थमन्त्री नपाए अन्य मन्त्रालय लिएर सरकारमा जानेनजाने भन्ने कुरा उनी आफैले प्रष्ट जवाफ दिन सकेका छैनन । तर उनी वरिष्ठ नेता माधव नेपाल गुटमा रहेका कारण पनि उनको सम्भावना महासचिव पौडेलको भन्दा कम छ । तर ओली निकटका कतिपय नेताहरुले भने पाण्डेलाई गुट परिवर्तन गराउन कोसिस गरेर भएपनि अर्थमन्त्री बनाउनु पर्ने प्रस्ताव गरिरहेका छन् । 

उनलाई प्रधानमनत्री ओलीले भने सहरी विकास मन्त्रालयमा लैजाने चाहना राखेको बताइन्छ । तर उनले त्यसमा रुची देखाइरहेका छैनन् । पाण्डे वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको सरकारका अर्थमन्त्रि थिए । यस अर्थमा अब ओलीले कसलाई अर्थमन्त्री बनाउलान् ? नेकपाभित्र अझै आकार आइसकेको छैन । 

प्रतिक्रिया दिनुहोस