काठमाडौं । नेकपा अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीले आफ्ना विशेष दूत अर्का अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पठाएका छन् । ओलीले आफु निकट नेता महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेललाई हिजो शनिबार बिहान खुमलटार पठाएका हुन् ।
पौडेल र पोखरेल दुई अध्यक्षले गत साउन ३० मा गठन गरेको समस्या समाधान सुझाव कार्यदलका संयोजक र सदस्य पनि हुन् । उनीहरु सहित पम्फा भुषाल, जर्नादन शर्मा, भीम रावल र सुरेन्द्र पाण्डे रहेको कार्यदल नेकपाले बनाएको थियो । उनीहरुले भदौं ६ मा दुई अध्यक्षलाई बुझाएको प्रतिवेदनमा १८ भदौंमा सचिवालय बैठकमा नेताहरुले प्रारम्भिक छलफल गरेका थिए । प्रतिवेदनमा वरिष्ठ नेता माधव नेपालले आलोचनात्मक १५ बुँदे टिप्पणी गरेका थिए । त्यसपछि सचिवालयले सचिवालय बैठकमा प्रतिवेदन माथी उठेका सुझावलाई समेटेर पार्टी र सरकार सञ्चालन सन्र्दभ र स्थायी समिति बैठकको कार्यसूचिमा निर्णय गर्न आवश्यक प्रस्ताव तयार पार्ने जिम्मा दुई अध्यक्ष ओली र प्रचण्डलाई दिइएको थियो ।
प्रारम्भिक रुपमा राजनीतिक नियुक्ति देखि मन्त्री परिषद् पूर्नगठन, प्रदेश सरकार पूर्नगठन लगायतका विषयमा दुई अध्यक्षका बीचमा अबको छलफलमा ठोस रुपमा प्रस्ताव तयार पार्ने गरी केन्द्रीत हुन्छ । प्रचण्डसँगको छलफलमा उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा मनोनितका लागि सरकारले कहिले सिफारिस गर्ने भन्नेमा पनि छलफल भएको थियो ।
एक सचिवालय सदस्यका अनुसार, यो भनेको सरकारको काम प्रभावकारी बनाउन सरकार पूर्नगठन देखि महाधिवशेन सम्मको कार्ययोजना सम्मका विषय समेटिने छन् । यो विषयमा ओलीले मूर्त खाका बनाउन आफ्ना तर्फबाट प्रचण्डसँग छलफल गर्न विवाद समाधानको पहलमा ओलीका तर्फबाट विशेष भूमिका निर्वाह गर्दै आएका महासचिव पौडेल र पोखरेललाई पठाएका हुन् । प्रारम्भिक रुपमा पौडेल र पोखरेलले प्रचण्डसँग छलफल गरेपछि के के विषय कसरी समेटन सकिन्छ भन्नेमा धारणा बनाउन सहज हुने ठानी ओलीले पौडेल र पोखरेललाई खुमलटार पठाएका हुन् । उनीहरुले अध्यक्ष दाहालसँग कुन कुन विषयमा के कसरी प्रस्ताव तयार पार्ने भन्नेमा केन्द्रीत रहेर छलफल गरेको स्रोतको भनाई छ । प्रचण्डले पार्टीमा देखिएका सबै विषयमा प्याकेज सहमति हुने बताउदै आईरहेका छन् ।
प्रचण्डले भने जस्तो प्याकेज सहमति के के विषयमा कसरी हुन्छन् ? भन्नेमा ओली र दाहालका बीचको छलफललाई सहजीकरण हुने ठानी पौडेल र पोखरेलको दौडधुप बढेको हो । प्रारम्भिक रुपमा राजनीतिक नियुक्ति देखि मन्त्री परिषद् पूर्नगठन, प्रदेश सरकार पूर्नगठन लगायतका विषयमा दुई अध्यक्षका बीचमा अबको छलफलमा ठोस रुपमा प्रस्ताव तयार पार्ने गरी केन्द्रीत हुन्छ । प्रचण्डसँगको छलफलमा उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा मनोनितका लागि सरकारले कहिले सिफारिस गर्ने भन्नेमा पनि छलफल भएको थियो । प्रचण्डले शुक्रबारकै मन्त्रिपरिषद् बैठकले गौतमको नाम सिफारिस गर्ने अपेक्षा गरेपनि त्यसो हुन सकेको छैन् ।
अब त्यो प्रक्रिया कहिले शुरुवात हुन्छ भन्नेमा पनि पौडेल र पोखरेलसँग प्रचण्डको जिज्ञासा रहेको स्रोतले बताएको छ । प्रचण्डसँगको छलफल पछि पौडेल र पोरखेल दुवै नेता बालुवाटार पुगेर छलफलका बारेमा ओलीलाई ब्रिफिङ गरेका थिए । सोही प्रारम्भिक छलफलका आधारमा सम्भवतः आज दुई अध्यक्षको सम्वाद हुन सक्ने नेकपाका एक नेताले बताए । दुई अध्यक्ष छलफलमा बसेपछि तयार पार्ने समग्र प्याकेज प्रस्तावमा छलफल गर्न स्थायी समिति बैठक बोलाउने र त्यसभित्र छलफल गरी उठेको थप सुझाव समेतलाई समेटेर पून दुई अध्यक्षले नयाँ ठोस प्रस्ताव तयार पार्ने र त्यसलाई सचिवालयमा छलफल गरेर स्थायी समितिमा लगेर पारित गर्ने कार्ययोजना नेकपाको छ । त्यसैको तयारीमा अहिले दुई अध्यक्ष जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ भदौ २०७७, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बोलाए बालुवाटार
प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी
विकास आयोजनाहरूलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री ओलीद्वारा ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को उद्घाटन
प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै प्रधानमन्त्री ओली