अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री ओलीलाई बुझाए राजीनामा पत्र

सफल खबर संवाददाता

शुक्रबार, १९ भदौ २०७७, १८ : ४५
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री ओलीलाई बुझाए राजीनामा पत्र

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई खतिवडाले राजीनामा पत्र बुझाए छन् ।

यस अघि आजको मन्त्रिपरिषद् बैठकमा खतिवडाले अर्थमन्त्रीका रूपमा काम गर्न अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका थिए । बैठकमा उनले आफ्नो कार्यकालमा भएका सुधारका तथ्यांक समेत प्रस्तुत गर्दै सरकारले चाहेका बेला आफूले सहयोग गर्ने बताएका थिए ।

बैठकपछि उनले अर्थ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर कर्मचारीसँग बिदाइ भएका थिए । उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समेत सम्हालदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस