मन्त्रिपरिषद्को बैठक सकियो, अर्थमन्त्री खतिवडाको राजीनामा आजै साँझ आउने

सफल खबर संवाददाता

शुक्रबार, १९ भदौ २०७७, १५ : ०४
मन्त्रिपरिषद्को बैठक सकियो, अर्थमन्त्री खतिवडाको राजीनामा आजै साँझ आउने

काठमाडौँ । केहीबेर अघिमात्र मन्त्रिपरिषद्को बैठक सकिएको छ । मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीको राजीनामाको विषयमा छलफल भएको र अर्थमन्त्री अब राष्ट्रियसभा सदस्य नरहने भएपछि उनलाई राजीनामा दिन सुझाइएको छ ।  

एक मन्त्रीका अनुसार खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिने बताएका छन् । यस्तै मन्त्रिपरिषद् बैठकमा ओलीले हालसम्मको सहयोगका लागि खतिवडालाई धन्यवाद दिए। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । 

मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले अर्थ मन्त्रालयको साढे दुईवर्षे कार्यकालको समीक्षा गरेका थिए । मन्त्री खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सात महिने कार्यानुभव पनि सुनाए।

बैठकले वामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा सिफारिस गर्ने अनुमान गरिएको थियो । तर, त्यसबारे मन्त्रिपरिषद्‍मा प्रस्ताव आएन ।