काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको हो ।
नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रुपमा काम गर्दै आएका उमेश पटुवालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । लामो समय मुख्य प्रशिक्षक नहुँदा प्रशिक्षणमा बाधा पुगेकाले उक्त पदका लागि दरखास्त आह्वान गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।
यसैगरी क्यानले सातवटै प्रदेशका लागि एक एक प्रशिक्षकसमेत माग गरेको छ । क्यानले प्रमुख व्यवस्थापक, प्रमुख वित्तीय व्यवस्थापक र व्यवस्थापकका लागिसमेत दरखास्त आह्वान गरेको छ ।
क्यानले देशभर क्रिकेट खेलको विकास र विस्तार गर्न पहिलो पटक पत्येक प्रदेशमा प्रशिक्षक राख्ने यसअघि निर्णय गरेको थियो । प्रशिक्षणको अभावमा उनीहरुले खेल्ने मौका पाउन सकिरहेका थिएनन् । अब सबै प्रदेश र जिल्लाामा क्रिकेट खेलाडी उत्पादनमा मुख्य रुपमा जोड दिइने क्यान अध्यक्ष चन्दले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १८ भदौ २०७७, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा
महिला क्रिकेट विकासका लागि आइसीसी अनुदानबाट ५ लाख डलर खर्च गर्ने क्यानको निर्णय
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने