एजेन्सी । अमेरिकामा राष्ट्रपतिको चुनाव नजिकिदैं राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्धन्द्धी जो वाईडेनका समर्थक तथा कार्यकर्ता बिच हिँसात्मक घट्ना हुने क्रम बढेको छ । ओरिकगन राज्यको पोर्टल्याण्डमा रंगभेदविरुद्ध प्रदर्शन गरेका ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारी र ट्रम्पका समर्थकबिच झडप भएको थियो ।
त्यसक्रममा गोली चल्दा एकजनाको ज्यान गएको छ । उक्त हिंसात्मक घटनालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिद्वन्दी जो बाइडेनबिच वाक–युद्ध चलेको छ । ओरिकगन राज्यको पोर्टल्याण्डमा रंगभेदविरुद्ध प्रदर्शन गरेका ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारी र ट्रम्पका समर्थकबिच झडप भएको थियो । त्यसक्रममा गोली चल्दा एकजनाको ज्यान गएको छ ।
राष्ट्रपति ट्रम्पले पोर्टल्याण्डका डेमोक्र्याटिक मेयर टेड ह्वीलरलाई आफ्ना शहरमा हिंसा र हत्यालाई स्वीकृति दिएको आरोप लगाएका छन् । तर पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेनले पोर्टल्याण्डसहित देशका विभिन्न स्थानमा हिंसा बढ्नुमा ट्रम्प कारक रहेको बताएका छन् । ट्रम्पले परिणामको विचारै नगरी हिंसालाई बढावा दिएको बाइडेनले बताएका छन् ।
शनिबार राति ट्रम्प समर्थक र ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारीबिचका झडपमा गोली लागेर एक व्यक्तिको मृत्यु भएकोमा ट्रम्पले मृत्यु हुने व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । ती व्यक्तिको पहिचान खुलाइएको छैन, तर अमेरिकी सञ्चारमाध्यमका अनुसार उनी ट्रम्पका समर्थक हुन् । तर ट्रम्पले अहिलेसम्म विस्कनसिनको केनोशामा ढाडमा प्रहरीले चलाएको सातवटा गोली लागेर मृत्युबाट जोगिन संघर्ष गरिरहेका ज्याकोब ब्लेकका सम्बन्धमा केही बताएका छैनन् ।
गएको मे २५ मा मिनेशोटाको मिनियापोलिसमा प्रहरी ज्यादतीका कारण निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको निधन भएपछि अमेरिकाभर प्रहरी ज्यादती र रंगभेदविरुद्ध आन्दोलन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १५ भदौ २०७७, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
संयुक्त राष्ट्रसंघकी विशेषज्ञमाथि अमेरिकाको प्रतिबन्ध