काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको छ । पार्टीभित्रको जारी आन्तरिक विवाद समाधान गर्न हुँदै आएको वार्तासमेत दुई अध्यक्षको बीचमा हुन सकेको छैन ।
केही दिनअघि ओलीविरुद्ध अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले विधिअनुसार बहुमतको आधारमा निर्णय गरेर अगाडि बढ्ने चेतावनी दिएपछि सोही दिनका लागि तय भएको ओली–प्रचण्ड वार्ता स्थगित भएको थियो । बिहीबारका लागि वार्ता तय भए पनि चार नेताको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै वार्ता स्थगित गरेका थिए ।
दुई अध्यक्षबीच पुनः वार्ता गराउन नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, जनार्दन शर्मालगायतका नेता लागे पनि दुवै अध्यक्षले आ–आफ्नो अडान राख्दा सम्भव हुन नसकेको एक नेताले बताए । डेढ महिनाअघिबाट शुरु भएको विवाद अझै समाधान हुन सकेको छैन । विवाद समाधानको लागि ओली र प्रचण्डबीच भएको दर्जनभन्दा बढी वार्तामा पनि सहमतिको विन्दु फेला पर्न सकिरहेको छैन ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले जारी विवाद पदको लडाइँ भएको आरोप लगाउँदै आएका छन् भने प्रचण्डसहितका शीर्ष नेताहरुले पार्टीलाई विधि र पद्दतीमा अगाडि बढाउने संघर्ष भएको दाबी गर्दै आएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २६ साउन २०७७, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन