प्रधानमन्त्री ओलीका यस्ता छन्, एक दर्जन कमजोरी

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, ०८ : ५६
प्रधानमन्त्री ओलीका यस्ता छन्, एक दर्जन कमजोरी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टी र संसदीय दललाई आफु सत्तामा पुग्ने भ¥याङ मात्र बनाएपछि नेकपाभित्र उनको कार्यशैलीगत अराजकता र प्रवृतिका विरुद्धमा नेताहरुले आवाज उठाउन थालेका छन् । ओलीको अराजक प्रवृतिलाई सुत्रबद्ध गर्दै नेताहरुले ओलीको शैलीमाथी तिखो आलोचना गरेका छन् ।

बुधबार राजधानीमा आयोजना गरिएको पत्रकारसँगको अन्र्तक्रियामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई रुपान्तरण गर्दा समेत अब नसकिने निस्र्कष आएको भन्दै ब्यक्तिको भूमिका बदलेर मात्र अब कम्युनिष्ट पार्टी र त्यस अन्र्तगतको नेतृत्वमा बन्ने सरकार जनताका बीचमा जोगाउन सकिने निश्र्कष सुनाएका छन् । 

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई ‘सच्याउने’ कोसिस असफल भएको निष्कर्ष सुनाँउदै नेताहरुले ओलीको प्रवृति उजागर गर्न थालेका हुन् । ओलीले आफनो कमजोरी ढाकछोप गर्न विषयलाई विषयान्तर गर्दै विरोधी आवाजलाई पद र प्रतिष्ठानको लागि मोलहिज्जा गरेको अनैतिक आरोप लगाउदैं आएका छन् । त्यसलाई चिर्दै प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माध नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अब ओलीको भूमिका बदल्ने एक मात्र विकल्प बाँकी रहेको प्रष्टाएका छन् । खासगरी प्रधानमन्त्री एवं अध्यक्ष ओलीका कारण पार्टी बैठक नियमित रुपमा बस्न नसकेको, बसेपनि गम्भिर र महत्वपूर्ण विषयमा कहिल्यै छलफल हुनै छोडेको, तर प्रधानमन्त्रीले निरन्तर गुटगत क्रियाकलाप जारी राखेको, पार्टी विधिसम्मत रुपमा नचलाएको र कागजमा मात्रै पार्टीलाई सिमित बनाएको निस्र्कष प्रचण्ड र नेपाल समुहले निकालेका छन् ।

पार्टी कमिटिको विभिन्न निकाय देखि जनसंगठनको एकताको टुंगो लगाउन ओलीकै कारण नसकेको, आफुखुसी आफ्ना गुटका अयोग्य मानिसलाई गोजीबाट फुत्त निकाल्दै नियुक्ति दिने गरेको, भ्रष्ट आसेपासेको संरक्षण गरेको, आफनो गल्ती लुकाउन अरुलाई हिलो छप्याप्ने काम गरेको, पार्टीभित्र आफुसँग असहमत पक्षलाई असहिष्णु ब्यवहार देखाउने गरेको, पार्टीलाई विर्सजनको अवस्थामा पु¥याउने काम गरेको, सरकार सञ्चालन पार्टीको सल्लाहमा नगरेको, सरकारको काममा पनि गम्भिर प्रश्न खडा गरेको र पार्टीलाई नोक्सानी मात्र पु¥याएको, चरम ब्यक्तिवाद र अराजकता मात्र प्रर्दशन गरेको, कुटनीतिक वैदेशिक मामलामा समेत विवादास्पद अभिब्यक्ति दिएर देशलाई गम्भिर नोक्सानी पु¥याउने काम ओलीले गरेको निश्र्कषमा नेताहरु पुगेका छन् । 

नेकपाभित्रको अहिलेको छलफल नेकपालाई माक्र्सवाद लेनिनवादको आधारमा निर्देशित गर्ने की बुर्जुवा मान्यतालाई पक्रेर जाने बीचको बहस भएको भन्दै यसलाई विषयान्तर गर्न बालुवाटारले अनेक प्रपोगान्डा रचिरहेको देखिन्छ । अहिलेको नेकपाभित्रको बहस नै माक्र्सवाद लेनिनवादबाट निर्देशत गर्ने की बुर्जुवा मान्यताबाट भन्ने दार्शनिक र सैदान्तिक बहसमा अन्र्तनिहित रहेको अध्यक्ष प्रचण्डले बताएका छन् ।पार्टीलाई निश्चित राजनीतिक मान्यता अन्र्तगत संगठित गर्ने की अराजक भीड बनाउने ? पार्टीको अधिनमा ब्यक्ति हुने की ब्यक्तिको अधिनमा पार्टी ?

विवेकले सत्ता चलाउने की सत्ताले विवेक ? बुर्जुवा पुँजीवादी ब्यवस्थामा जस्तो प्रधानमन्त्री नै सर्वेसर्वा हुने की कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार चलाउने ? भन्ने विषय अहिले नेकपाभित्र अन्तरसंर्घष चलेको नेताहरुले प्रष्टयाएका छन् ।  ओलीको कार्यशैलीका यी विषयलाई प्रचण्ड नेपाल समुहका नेताहरुले दस्तावेजीकरण नगरेपनि सैदान्तिक र दार्शनिकरुपमा चित्रिति गर्न थालेका छन् । अब प्रधानमन्त्रीको कार्यशैलीगत र वैचारिक प्रवृतिलाई दस्तावेजीकरण गर्नुपर्ने बेला आएको वरिष्ठ नेता झलनाथ खनाल बताउँछन् ।

वैचारिक रुपमा हेर्दा उहाँ (प्रधानमन्त्री)मा अधौपतनको अवस्था देखियो, राजनीतिक रुपले दिशाहिनता, सैद्धान्तिक रुपले पनि अर्धपतन कँहा जाने हो केही पनि अत्तोपत्तो छैन भन्ने अवस्था देखिएको छ । यस्तो अवस्था आएपछि अग्रगमनका रुपमा जान सकिन्न भन्ने निश्र्कष हामीले निकाल्न थालेका हौ, वरिष्ठ नेता खनालले बुधबारको एक कार्यक्रममा भनेका थिए ,–‘अब प्रवृतिगत समस्यालाई डकुमेन्टेसन गर्न आवश्यक भईसकेको छ । तर अहिले नगरिएको मात्र हो ।’  

प्रतिक्रिया दिनुहोस