काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले जेन जेड आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन् ।
सिंहदरवारमा मंगलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेन जेड आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरवारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु गरिने जानकारी दिएका हुन् ।
जेन जेड आन्दोलन क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न स्थापना गरिएको कोषमा ८ करोड रुपैयाँ जम्मा भएको उनले जानकारी दिए । मन्त्री खनालले टुक्रे आयोजनाहरूको बजेट कटौती गरी हुलाकी, मध्य पहाडी लोकमार्ग, बिपी राजमार्ग लगायतका रणनीतिका आयोजनाहरूलाई प्राथमिकतामा राखेर बजेट छुट्टाइएको उल्लेख गरे ।
जेन जेड आन्दोलनको माग अनुसार बजेटको सही परिचालनका लागि सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्डलाई प्रभावकारी बनाइएको उनले बताए । मन्त्री खनालले आयकर घटे पनि समग्र राजस्व बढेको बताए ।
उनले जेन जेड आन्दोलनपछि सेप्टेम्वरमा पर्यटक आगमनको संख्या घटे पनि त्यसपछि भने पर्यटक आगमनको संख्या निकै बढेको धारणा राखेका छन् । उनले जेन जेड आन्दोलनपछि निजी क्षेत्रमा भएको क्षतिपछि व्यावसायिक वातावरण बनाउन सरकारले अधिकतम पहल गरेको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ कार्तिक २०८२, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री खनालद्वारा कूटनीतिक राहदानी फिर्ता
निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्री खनालको प्रतिबद्धता
आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजना मात्र रोकिएको अर्थमन्त्री खनालको प्रष्टीकरण
निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्री खनालको आग्रह
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गर्नुपर्नेमा अर्थमन्त्री खनालको जोड
‘नगद कारोबार सीमित गर्दै वित्तीय पारदर्शिता बढाउने सरकारको नीति’ : अर्थमन्त्री खनाल