काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगको सम्बन्ध इजरायल र इरानबीच अहिले चलिरहेको द्वन्द्व अन्त्य होस् भन्ने कुरासँग सम्बन्धित रहेको बताएका छन् ।शनिबार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
दुनियाँमा फेरि शान्ति स्थापना होस्, फेरि युद्ध नभड्कियोस् भन्ने कामनासँग योगको सम्बन्ध रहेको उनको भनाइ थियो ।‘योगको सम्बन्ध, इजरायल र इरानका बीचको अहिले चलिरहेको द्वन्द्व अन्त्य होस्, स्टप होस् भन्ने कुरासँग सम्बन्धित छ ।
दुनियाँमा फेरि शान्ति स्थापना होस्, फेरि युद्ध नभड्कियोस् भन्ने कामनासँग, यस्तो प्रयाससँग सम्बन्धित छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो नराम्रा कुरासँग सम्बन्धित छैन । युद्ध मान्छे मारामारको अवस्थालाई भनिन्छ, साँढे जुधाइलाई युद्ध भनिँदैन ।
योगको सम्बन्ध परलोकसँग नभइ यही लोकसँग सम्बन्धित रहेको उनले जिकिर गरे । यदी यम नियम मानिँदैन भने जति आसन र प्राणयाम गरे पनि समाजका लागि फाइदा नहुने प्रधानमन्त्री ओलीले बताए ।
‘योगका यदी यम नियम मानिँदैन भने जति आसन गर्नुस्, प्राणयाम गर्नुस्, आफ्ना लागि त होला, समाजका लागि हुँदैन, समाजमा व्यक्तित्व बन्दैन,’ उनले भने, ‘ध्यानले मात्र पुग्दैन । कर्मयोग र कर्मठ योगबिना हामीले ध्यान मात्रै गर्ने हो भने काम छैन । योगको सम्बन्ध परलोकसँग होइन, यो लोकसँग छ । मानव जातिसँग छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः प्रधानमन्त्री ओली