काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहील जेन जेडको आन्दोलन अझै नसकिएको भन्दै परिवर्तनको मागलाई स्वीकार्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।
जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कृष्ण सिटौलामाथि प्रश्न गरे।
उनले भने, ‘तपाईँ हामी लोकतन्त्रको कुरा गर्छौँ। १३ औँ महाधिवेशनको विधान मस्यौदा समितिको संयोजक कृष्णप्रसाद सिटौला, १४ औँ मा पूर्णबहादुर खड्का, धारा १७ ९२० त्यो त पार्टी विभाजन गराउने धारा रहेछ, विशेष महाधिवेशन भन्ने बित्तिकै रु यदि त्यसले पार्टी विभाजन गराउँछ भने त्यो तपाईँहरूले किन हटाउनुभएन ?’
उनले संविधान र पार्टीको विधान प्रयोग गर्न नपाउने पार्टी लोकतान्त्रिक हुन्छ ? भन्दै प्रश्न गरे।
उनले थपे, ‘यो विशेष महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्छ। पक्षमा हस्ताक्षर गर्नेलाई हेप्न पाइन्छ ? डेमोक्रेशी त बहुमतले चल्छ होला नि ? सकिन्छ नियमित महाधिवेशन गरौँ, सकिँदैन। विशेष महाधिवेशन गरेर चुनावमा जाऔँ।’
उनले ७२ प्रतिशत क्रियाशील सदस्यताको काम सकिसकेको दाबी गरे। क्रियाशील सदस्यताबारेको शीर्ष नेताहरूकै जिल्लामा रहेको पनि बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ कार्तिक २०८२, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?