काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध नेकपा (एमाले) बाहेकका ७४ जना सांसदले सर्वोच्च अदालतमा रिट दायरका लागि पुगेका छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध एमाले बाहेकका सबै दल रिट दायरका लागि सर्वोच्च अदालत पुगेका हुन् ।
मधेश प्रदेश सभाका ७४ प्रदेश सांसदको हस्ताक्षरसहित एमाले बाहेकका सबै दलले सर्वोच्चमा रिट दायर गरेको नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता युवराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जयलुन राइन्सहितका नेता ७४ जना सांसदको हस्ताक्षरसहित रिट दायर गर्न सर्वोच्च पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ कार्तिक २०८२, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
मधेशमा तत्कालीन क्याबिनेटका सबै निर्णय बदर
मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
मधेश सरकारबाट समर्थन फिर्ता लिने एमालेको तयारी
मधेश सरकारबाट कांग्रेसको समर्थन फिर्ता
मधेश सरकारले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट