काठमाडौं । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले आकस्मिक रूपमा लेबनानको भ्रमण गर्नुहुने भएको छ । लेबनानको राजधानी बेरुतमा मङ्गलबार भएको विनाशकारी घटनाका बारेमा सहानुभूति व्यक्त गर्न उहाँले बिहीबार लेबनानको भ्रमण गर्न लाग्नुभएको जनाइएको छ ।
राष्ट्रपतिको कार्यालयले भनेको छ, “राष्ट्रपति म्याक्रोन बिहीबार लेबनान जानुहुनेछ र राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुहुनेछ ।” उहाँको यो भ्रमण आकस्मिक भएको र छिमेकीको रूपमा एउटा देशले अर्को देशप्रति देखाउने सहानुभूतिका लागि हुन लागेको अधिकारीहरूको भनाइ छ ।
लेबनानको राजधानी बेरुतमा मङ्गलबार राति अबेर भएको शक्तिशाली विस्फोटनको घटनामा परी एक सयभन्दा बढीको मृत्यु भएको छ । त्यसैगरी अरू चार हजारभन्दा बढी घाइते भएका कारण बेरुतका सवै जसो अस्पताल खचाखच भरिएको समाचारमा जनाइएको छ ।
बेरुतका अधिकारीका अनुसार बेरुत सहरका झण्डै आधा घरमा क्षति पुगेको छ । अहिले लेबनान र मध्यपूर्वी देशहरू नै त्रसित अवस्थामा रहेका छन् । घटनाका बारेमा संसारभरिबाट आलोचना भइरहेको छ भने कतिपयले लेबनानलाई सहयोगको घोषणा पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २१ साउन २०७७, २१ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु
लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु