एजेन्सी । इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आक्रमण तीव्र बनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सशस्त्र समूह हिजबुल्लाहविरुद्ध सैन्य कारबाही थप सशक्त पार्ने घोषणा गरेलगत्तै भएका भीषण आक्रमणमा दर्जनौँको मृत्यु भएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा ३१ जनाको ज्यान गएको छ, जसमा कैयौँ बालबालिका समेत छन्। इजरायली सेनाले भने आफूले हिजबुल्लाहका १०० भन्दा बढी सैन्य पूर्वाधार र लडाकुलाई निशाना बनाएको दाबी गरेको छ।
अमेरिकी मध्यस्थतामा गत अप्रिलको मध्यमा भएको युद्धविरामयताकै यो सबैभन्दा भीषण बमबारी हो। प्रधानमन्त्री नेतन्याहूले सोमबार हिजबुल्लाहविरुद्धको सैन्य दबाबलाई अझ बढाउन निर्देशन दिएका थिए। मंगलबार सुरक्षा मन्त्रिपरिषद् बैठकमा बोल्दै उनले लेबनानमा इजरायली सैन्य अभियान अझ व्यापक बनाइँदै लगिएको स्पष्ट पारे।
“इजरायली सेना (आईडीएफ) ले ठूलो फौजका साथ स्थल कारबाही गरिरहेको छ र हिजबुल्लाहको नियन्त्रणमा रहेका इलाका आफ्नो कब्जामा लिइरहेको छ,” नेतन्याहूले भने, “उत्तरी इजरायलका नागरिकलाई हिजबुल्लाहको हमलाबाट जोगाउन सुरक्षा क्षेत्र मजबुत बनाउने काम भइरहेको छ।”
यस पछिल्लो तनावले अमेरिका, इजरायल र इरानबीच जारी युद्ध रोक्न भइरहेको जटिल कूटनीतिक वार्तालाई संकटमा पारेको छ। लेबनानको दक्षिणी भागमा इजरायलले दैनिकजसो हवाई र तोप आक्रमण गर्दै आएको छ भने हिजबुल्लाहले पनि उत्तरी इजरायल र दक्षिणी लेबनानमा रहेका इजरायली फौजलाई लक्षित गरी रकेट र ड्रोन प्रहार गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १३ जेठ २०८३, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
इजरायली आक्रमणमा लेबनानमा १२ स्वास्थ्यकर्मीको मृत्यु