काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बिच बालुवाटारमा छलफल भएको छ । ५ दिनपछि अध्यक्षद्धय छलफलमा जुटेका हुन् ।
बिहान १० बजेबाट सुरु भएको छलफलमा प्रचण्डसँगै नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र ओली निकट महासचिव विष्णु पौडेल सहभागी रहेका छन् । प्रचण्डले एक्लै ओलीसँग छलफलमा नबस्ने भनेपछि उनको तर्फबाट खनाल र ओलीको तर्फबाट पौडल पनि बैठकमा सहभागी भएको स्रोतको दाबी छ ।
साउन १३ गतेदेखि ओली र प्रचण्डबीच संवाद हुन सकेको थिएन । पार्टीको जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्छ भन्ने कुरा उठेपछि पार्टीमा विवाद उत्पन्न भएको छ ।
अध्यक्ष अोलीले भने आफू कुनै पनि हालतमा राजीनामा नदिने बरु ‘अर्ली’ महाधिवेशन गर्ने र महाधिवेशनबाट नेतृत्व चयन गर्ने भन्दै अनेक प्रस्ताव पेश गर्दै आएका छन् । यता स्थयी समितिमा पार्टीको विवाद समाधान हुन नसक्दा १५२ जना नेकपाका केन्द्रिय सदस्यले केन्द्रिय समितिको बैठक बोलाउन समेत माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ साउन २०७७, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह’: अध्यक्ष ओली
रेनु दाहालको निर्वाचन परिणामप्रति एमाले अध्यक्ष ओलीद्वारा आश्चर्यसहित दुःख व्यक्त
अस्पतालमा ओली पिताप्रति श्रद्धाञ्जली
‘फागुन २१ कहिल्यै नबिर्सने दिन हो’ : ओली
बालकोट पुगेर ओलीले गरे मतदान
निर्वाचनको निष्पक्षतामाथि ओलीको प्रश्न