फिल्म ‘बेहुली’को प्रदर्शन मिति तय

सफल खबर संवाददाता

बुधबार, २४ असार २०८३, १४ : ५१
फिल्म ‘बेहुली’को प्रदर्शन मिति तय

काठमाडौं । कुल ब्वाय र दिब्या रायमाझी अभिनित फिल्म ‘बेहुली’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आयोजित पत्रकार सम्मेलनमा पहिलो झलक सार्वजनिक गर्दै फिल्म २६ भदौमा आउने जनाएका हुन् ।

द डिभाइन म्यूजिक र सम्मान इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो । पोस्टरले कथावस्तु र चरित्र चित्रणबारे संकेत गर्छ । पोस्टरका पात्र गम्भीर भावमा देखिन्छन् भने चोट पनि देखिन्छ । नाडीमा हतकडी बाँधिएको छ ।

रातो रङ्कको आकर्षक विवाह पहिरन र गहनामा सजिएकी महिला पात्र आँखा चिम्लिएर शान्त मुद्रामा पुरुष पात्रको छातीमा टाउको अडेसाएकी छन् । हतकडी लागेको पुरुषलाई नवदुलहीले गरेको यो भावनात्मक आलिङ्गनले गम्भीर पारिवारिक वा सामाजिक द्वन्द्वको बीचमा हुर्किएको सशक्त प्रेम लुकेको प्रष्ट सङ्केत गर्छ ।

प्रतिक्रिया दिनुहोस