कोरोना हटस्पट : वीरगन्जमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, १८ साउन २०७७, ०८ : ५९
कोरोना हटस्पट : वीरगन्जमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । केही साता यता कोरोना संक्रमणको हटस्पट बनेको वीरगंजमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा ३१ जना पुरूष र १४ जना महिला रहेको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले बताए । संक्रमित हुनेमा ५ वर्षकी बालिकादेखि ६२ वर्षका पुरूषसमेत रहेका छन् । उपाध्यायका अनुसार शनिबार राति संक्रमण पुष्टि भएका ४५ मा मास ट्रेसिङ र स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएकाहरु रहेका छन् ।

मास  ट्रेसिङमा पिसिआर जाँच गराएका २९ जना, पैसा तिरेर पिसिआर जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जनाको परिक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । साउन १२ गते देखि १६ गते सम्म स्वाब संकलन गरि परिक्षण गरिएको थियो । यो संक्रमणसँगै पर्सामा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको पुगेको छ ।

प्रतिक्रिया दिनुहोस