वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदीप यादव सहित थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएका परिक्षणको रिपोर्ट शुक्रबार राती सार्वजनिक अनुसार साँसद प्रदीप यादव, उनका चालक, पिएसओ सहित थप ६४ जनामा कोरोना संक्रमण भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले पुष्टि गरेका छन् ।
साँसद यादवले आफूलाई कोरोना संक्रमित भएको थाहा पाएसंगै घरमा नै आईसोलेसनमा बसेका जनाएका छन् । उनमा हाल सम्म कुनै गम्भीर प्रकारका लक्षण नरहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताले श्रोतले जानकारी दिएको छ ।
त्यस्तै संक्रमण पुष्टि हुनेमा नारायणी अस्पतालकै एक डाक्टर र एक जना पारामेडिक स्टाफ देखि १५ देखि ६८ वर्ष उमेर समूहका ३ महिला र ६१ पुरुष रहेका छन् । पछिल्लो समय प्रदेश २ को वीरगंज कोरोनाको हटस्पट बनेको छ । साउन यता संक्रमणकै कारण १० जनाको मृत्यु समेत भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ साउन २०७७, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि