काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद चर्कंदै गएपछि केपी शर्मा ओली समूह स्थायी कमिटीको जारी बैठक रोकेर सचिवालय बैठकबाट निकास खोज्नुपर्ने पक्षमा उभिएको छ।
पहिला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमारनिकट उपाध्यक्ष वामदेव गौतम अहिले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीतिर ढल्किएपछि सचिवालयमा आफ्नो पकड हुनेमा ढुक्क देखिएको ओली समूहले सचिवालय बैठकबाट आफ्नो पक्षमा निर्णय गराएर विवाद टुंग्याउने कसरत थालेको हो। दाहाल र नेपाल पक्ष भने स्थायी कमिटीमा आफूहरू बलियो भएकाले त्यहींबाट विवाद टुंग्याउन चाहन्छ।
स्थायी कमिटीको जारी बैठकमा दाहाल–नेपाल पक्षले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि विवाद चर्किएको हो। यसैकारण असार १० देखि बस्न थालेको स्थायी कमिटी बैठक निष्कर्षमा पुग्न सकेको छैन। यस अवधिमा बैठक १० पटकभन्दा बढी स्थगित भएको छ। ओली अप्ठेरोमा पर्ने स्थिति देखिएपछि उनकै कारण बैठक पटकपटक स्थगित हुँदै आएको हो।
महासचिव विष्णु पौडेललगायत नेताले सचिवालय बैठकमा सहमति गरेपछि मात्र स्थायी कमिटी बैठक बस्नुपर्ने भन्दै त्यसका लागि पहल थालेको स्रोतले बतायो। ओली समूहले सचिवालय बैठकमा पकड हुने अवस्था आएपछि त्यहींबाट आफ्नो पक्षमा निर्णय गराउन चाहेको स्रोतको दाबी छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १५ साउन २०७७, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको नेता कार्यकर्तालाई यस्तो छ ४० बुँदे निर्देशन (परिपत्रसहित)
नेकपाले बोलायो निर्वाचन परिचालन समितिको बैठक
कीर्तिपुरका पूर्वमेयर र पूर्ववडाध्यक्ष नेकपामा समाहित
भरतपुर–२५ का १६० बढी राप्रपा कार्यकर्ता नेकपा प्रवेश
जसपा नेपाल चितवन-३ का उम्मेदवार सुनार नेकपामा प्रवेश
नेकपाले माग्यो मुख्यमन्त्री शाहको राजीनामा