काठमाडौं । सहमतिका लागि भन्दै बारम्बार बैठक स्थगित गर्दै आएका नेकपाका दुई पक्षको सम्बन्ध झन् बिग्रिएपछि आ–आफ्नो रणनीतिमा लागेका छन् । मंगलबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक बस्ने र नबस्ने टुंगो बिहान अध्यक्षद्वयबीचमा हुने छलफलले टुंगो लगाउने भए पनि यो साता आपसीभन्दा आ–आफ्नो टिम बलियो बनाउने ध्याउन्नमा दुवै पक्ष लागे ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनीपक्षीय नेताहरूले बालुवाटार र सिंहदरबारमा बैठक बसिहाल्यो भने कस्तो रणनीति अख्तियार गर्ने भनेर छलफल गरिरहँदा दाहाल–नेपालपक्षीय नेताहरू पनि सोमबार बिहानैदेखि छलफलमा जुटेका छन् । ‘बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको बैठक स्थगित गरौं भनेर फोन गर्नुभएको थियो,’ दाहालनिकट स्रोतले भन्यो, ‘उहाँले अब बैठक लम्ब्याएर थप डेडलक गराउन नसकिने जवाफ दिनुभएको छ ।’
दाहालले बैठक स्थगित गर्न नसकिने जवाफ दिएपछि मंगलबार ९ बजे दुई अध्यक्ष भेटेर थप छलफल गर्ने सहमति भएको छ । स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अहिलेसम्म कुरा मिलिनसकेको बताउँदै अध्यक्षद्वयका बीचमा बिहान हुने भेटले बाँकी निधो गर्ने बताए ।
गत असार १० देखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक जम्मा पाँच दिनमात्रै बसेर स्थगित हुँदै आएको छ । गत ६ गते आठौं पटक स्थगित गरेर मंगलबारसम्मका लागि सारिएको थियो । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ साउन २०७७, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ