काठमाडौं । सहमतिका लागि भन्दै बारम्बार बैठक स्थगित गर्दै आएका नेकपाका दुई पक्षको सम्बन्ध झन् बिग्रिएपछि आ–आफ्नो रणनीतिमा लागेका छन् । मंगलबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक बस्ने र नबस्ने टुंगो बिहान अध्यक्षद्वयबीचमा हुने छलफलले टुंगो लगाउने भए पनि यो साता आपसीभन्दा आ–आफ्नो टिम बलियो बनाउने ध्याउन्नमा दुवै पक्ष लागे ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनीपक्षीय नेताहरूले बालुवाटार र सिंहदरबारमा बैठक बसिहाल्यो भने कस्तो रणनीति अख्तियार गर्ने भनेर छलफल गरिरहँदा दाहाल–नेपालपक्षीय नेताहरू पनि सोमबार बिहानैदेखि छलफलमा जुटेका छन् । ‘बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको बैठक स्थगित गरौं भनेर फोन गर्नुभएको थियो,’ दाहालनिकट स्रोतले भन्यो, ‘उहाँले अब बैठक लम्ब्याएर थप डेडलक गराउन नसकिने जवाफ दिनुभएको छ ।’
दाहालले बैठक स्थगित गर्न नसकिने जवाफ दिएपछि मंगलबार ९ बजे दुई अध्यक्ष भेटेर थप छलफल गर्ने सहमति भएको छ । स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अहिलेसम्म कुरा मिलिनसकेको बताउँदै अध्यक्षद्वयका बीचमा बिहान हुने भेटले बाँकी निधो गर्ने बताए ।
गत असार १० देखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक जम्मा पाँच दिनमात्रै बसेर स्थगित हुँदै आएको छ । गत ६ गते आठौं पटक स्थगित गरेर मंगलबारसम्मका लागि सारिएको थियो । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ साउन २०७७, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा