काठमाडौं । नेपालको राजनीतिक तथा प्रशासनिक भूभागअन्तर्गत रहेको गुन्जी, कालापानी, लिम्पियाधुरालाई ‘आफ्नो क्षेत्र’ उल्लेख गर्दै उक्त क्षेत्रमा नेपाली गुटरसमूह अवैध रूपमा घुसपैठ गरिरहेको भन्दै उक्त आवागमनबारे सूचना दिन धार्चुलास्थित भारतीय प्रशासनले दार्चुला जिल्ला प्रशासनलाई ‘ध्यानाकर्षण पत्र’ पठाएको छ ।
उत्तराखण्ड राज्यको पिथौरागढ जिल्ला धार्चुला तहसिल कार्यालयका उपजिल्लाधिकारी अनिलकुमार शुक्लाले सीमावर्ती दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई सम्बोधन गरी पत्र पठाएका हुन् । परराष्ट्र मन्त्रालयले भने दार्चुला जिल्ला प्रशासनलाई भारतको स्थानीय तहले लेखेको पत्रबारे औपचारिक जानकारी नरहेको बताएको छ ।
मन्त्रालयका एक उच्च अधिकारीले गृह मन्त्रालयमा बुझेर मात्रै यसबारे जानकारी दिन सकिने प्रतिक्रिया दिए । तर गत असार ३० मा लेखिएको उक्त पत्रबारे गृह मन्त्रालय तथा दार्चुला जिल्ला प्रशासन जानकार छ । पत्रको विवरण र आशयबारे जानकारी भए पनि भारतीय प्रशासनले भनेझैं लिम्पियाधुरासम्मको नेपाली भूभागमा नेपाली नागरिक आवागमनबारे भारतलाई जानकारी दिइरहनु नपर्ने दार्चुला जिल्ला प्रशासनको बुझाइ छ । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ साउन २०७७, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?