जमलको ८ रोपनी जग्गा हडप्न बालुवाटारले सघायो

पत्रपत्रिकाबाट

मंगलबार, १३ साउन २०७७, ०७ : ४४
जमलको ८ रोपनी जग्गा हडप्न बालुवाटारले सघायो

काठमाडौं । मन्त्रिपरिषद्ले राजधानीको जमलमा बनाउन लागिएको नेपाल राष्ट्रिय पुस्तकालय निर्माणमा रोक लगाएको छ । प्रस्तावित करिब ८ रोपनी जग्गामा व्यापारिक प्रतिष्ठानको आँखा लागेपछि पुस्तकालय निर्माणमा ब्रेक लागेको हो ।

शिक्षा मन्त्रालय र पुस्तकालयका कर्मचारीले केही महिनादेखि यति समूह पुस्तकालयलाई प्राप्त सरकारी जग्गा हत्याउने चलखेलमा लागेको सुइँको पाएका थिए । त्यति बेलादेखि नै उनीहरूको मनमा शंका उब्जेको थियो । चलखेलकै बीच पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनाली निर्माण कार्य सुरु गर्नका लागि अधिकांश काम सकेर साउनभित्रै टेन्डरको सूचना प्रकाशित गर्ने तयारीमा थिए ।

अर्थमन्त्री युवराज खतिवडाले गत साउन ४ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै पुस्तकालय निर्माण तत्कालका लागि स्थगित गरिएको जानकारी दिए । पुस्तकालयकर्मी सरकारको निर्णयबाट आक्रोशित बनेका छन् । यतिका प्रतिनिधि शिक्षा मन्त्रालय, पुस्तकालय, भवन विभाग र प्रधानमन्त्री कार्यालयसम्म भवन बन्नबाट रोक्न दौडधुपमा थिए ।

प्रधानमन्त्री ओलीसम्म पहुँच रहेको यति समूहले नै विभिन्न पक्षलाई प्रभावमा पारेर उक्त जग्गा हत्याउने दाउ गरेकाले मन्त्रिपरिषद्को निर्णय नै प्रभावित गरिएको हुन सक्ने ती उपसचिवले दाबी गरे । व्यापारिक समूहकै प्रभावमा प्रमका सल्लाहकार बिष्णु रिमालले काम रोक्न दबाब दिएको र मन्त्रिपरिषद्मा शिक्षा मन्त्रालयको रायबिनै निर्णय भएको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस