काठमाडौं । नेपाल राष्ट्र बैंकले अघिल्लो साता सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७६ र७७ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार १० खर्बभन्दा बढीले ऋणात्मक रह्यो । उक्त अवधिमा नेपालले सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतबाट ६ खर्ब ७१ अर्बको आयात गरेको थियो भने निर्यात करिब ६३ अर्ब मात्र भएको थियो । तर निर्यातको यति सानो हिस्सामा पनि पछिल्लो समय भारतीय व्यवसायीको वक्रदृष्टि पर्न थालेको छ ।
त्यसका लागि उनीहरूले समय–समयमा नेपाली उत्पादनको निर्यातमा अवरोध गर्न थालेका छन् । तिनै व्यवसायीको प्रभावमा परेर भारतले नेपाली उत्पादनमा गैरभन्सार अवरोध लगाउन थालेको छ ।त्यसको पछिल्लो उदाहरण हो, जेठ अन्तिम साता नेपालबाट गर्न लागिएको अलैंची र चिया निर्यातमा अवरोध । जेठ अन्तिम साता पश्चिम बंगाल प्रहरीले नेपालबाट गएका अलैंची र चिया बोकेको २२ ट्रकलाई सीमामै रोके । जब कि एउटा अम्रिसो बोकेको ट्रक र दुइवटा अलैंची बोकेका ट्रकलाई भने छाडिएको थियो ।
माथिको आदेश भन्दै बंगाल प्रहरीले ट्रक रोकेको थियो । भारत सरकारले नेपालबाट हुने वैदेशिक व्यापारलाई जारी राख्ने प्रतिबद्धता जनाइरहँदा ती ट्रक रोकिएका थिए । ती ट्रक भारत सरकारको आदेशमा नभएर स्थानीय चिया व्यापारीको प्रभावमा परेर पश्चिम बंगाल प्रहरीले रोकेको थियो । कान्तिपुरमा विस्तृतमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १० साउन २०७७, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा आज पनि रास्वपाको अवरोध
प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षीद्वारा अवरोध
कुलमान बर्खास्ती प्रकरण : प्रतिनिधिसभामा विपक्षीको अवरोध
वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो, अझै ३१ स्थानमा अवरोध
मुख्य राजमार्गका २० स्थानमा सडक पूर्ण अवरोध