हुँदै नभएको जग्गा ८ पटक बिक्री

पत्रपत्रिकाबाट

शनिबार, १० साउन २०७७, ०८ : ३४
हुँदै नभएको जग्गा ८ पटक बिक्री

फाइल फोटो

काठमाडौं । मालपोत कार्यालय ललितपुरमा जाली स्रेस्ता खडा गरी वर्षौंदेखि नक्कली जग्गा किनबेच भएको पाइएको छ । 
नापी कार्यालयमा फिल्डबुक र प्लट रजिस्ट्ररसमेत नभएको ‘डुकुछाप वडा नम्बर ४ कित्ता नम्बर १० को एक रोपनी ६ आना एक पैसा’ जग्गाको ०६६ मा लालपुर्जा बनाई आठ पटक किनबेच भएको हो ।

अन्तिम पटक ०७३ मा पाटनका संघरत्न बज्राचार्यले काठमाडौंकी जुनिता महर्जनसँग यो जग्गा किनेका थिए । सेनाले डुकुछाप क्षेत्रमा काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) बनाउन थालेपछि बज्राचार्य आफ्नो जग्गामा पर्खाल लगाउन पुगे । त्यहाँ स्थानीय प्रेमबहादुर न्यौपानेले उक्त जग्गा आफ्नो दाबी गरेपछि यो तथ्य बाहिर आएको हो ।

सुरुमा दुवैले आ–आफ्नो लालपुर्जा देखाएर जग्गा दाबी गरे । विवादपछि बज्राचार्य आफ्नो लालपुर्जामा उल्लेख भएको जग्गाको फिल्डबुक नापी कार्यालयमा खोज्न गए । फिल्डबुक नभेटिएपछि आफ्नो नाममा कायम रहेको स्रेस्ता नक्कली रहेको उनले थाहा पाए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस