विचार

पुष्पलालको अठोट थियो गणतन्त्रात्मक शासनव्यवस्था

बुधबार, ०७ साउन २०७७, १२ : २८
पुष्पलालको अठोट थियो गणतन्त्रात्मक शासनव्यवस्था

– प्रेमलकुमार खनाल

मूलुकमा गणतन्त्र ल्याउन बाटो देखाउने पहिलो व्यक्तित्व नै पुष्पलाल हुनुहुन्थ्यो । आज पुष्पलालले अगाडि सार्नुभएका सोच र विचारकै आधारमा मुलुकमा युगान्तकारी परिवर्तन भएको छ, यस अर्थमा उहाँ युगपुरुष हुनुहुन्थ्यो ।

Yeti Diistillery Tansen Cement box

नेपालको कम्युनिस्ट आन्दोलनका शिखर व्यक्तित्व, नेपालका स्वप्नद्रष्टा युगपुरुष तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवस मनाइँदैछ । पुष्पलालको जन्म वि।सं। १९८१ असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा बुबा भक्तलाल श्रेष्ठ र आमा तुल्सीमायाको कोखबाट भएको थियोे । मृत्युु २०३५ साउन ७ गते भएको थियोे । जहानियाँ राणाशासनले आफ्ना दाजु गङ्गालाललाई मृत्युदण्ड दिएपछि उहाँमा राणाशाहीविरुद्ध घृणा, आक्रोश र विद्रोहको भावना जागृत भयो ।

अत्याचारी, सामन्ती राणाशासनलाई अन्त्य गरेर जनता सार्वभौमसत्ता सम्पन्न भएको गणतन्त्रात्मक शासनव्यवस्था स्थापना गर्ने दृढ अठोट पुष्पलालले लिनुभयो र वि.सं. २००६ वैशाख १० अर्थात् इ.सं. १९४९ अप्रिल २२ मा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभयो । उहाँको अगुवाइमा सुरुवात भएको सामन्तवाद एवं साम्राज्यवादविरोधी ५७ वर्ष लामो आन्दोलनको परिणामस्वरूप मुलुकमा गणतन्त्र स्थापना गर्न सम्भव भयो ।

पुष्पलाल नेपालमा माक्र्सवादी विचार फैैैैलाउने पहिलो व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले वि.सं. २००५ मा कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरेर माक्र्सवादी विचार फैलाउनुभएको थियो । उहाँले सामन्तवाद विरोधी आन्दोलनलाई अगाडि बढाउन नेपाली समाजको चरित्र निरुपण गर्दै आधारभूत अन्तरविरोध र प्रधान अन्तरविरोधको निर्धारण र नेपाली क्रान्तिको बाटो, क्रान्तिका शत्रु र मित्र शक्ति, सामन्तवादविरुद्धको संयुक्त जनआन्दोलनको कार्यनीतिका बारेमा नीति निर्धारण गरेर सामन्तवादविरोधी आन्दोलनलाई दिशाबोघ गर्दै वैचारिक नेतृत्व प्रदान गर्नुभएको छ ।

पुष्पलालले कम्युनिस्ट पार्टीलाई तीन ‘स’ अर्थात् ‘सिद्धान्त, सङ्गठन र सङ्घर्ष’ का सिद्धान्तबाट निर्देशित भएर सञ्चालन गर्न हमेसा जोड दिनुभएको छ । कम्युनिस्ट पार्टीले माक्र्सवाद–लेनिनवादका सार्वभौम सिद्धान्त र सत्यतालाई दृढतापूर्वक आत्मसात् गर्ने र कार्यकर्तालाई तदनुरूप माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट पे्ररित गर्नुपर्दछ भन्ने मान्यतामा दृढ हुनुहुन्थ्यो । कुनै पनि वस्तु स्थायी छैन । सबै गतिशील छन् । दुनियाँमा निरन्तर प्रगति भइरहन्छ । उत्पादनका साधनमा प्रगति भएपछि विचारधारामा पनि क्रान्ति हुन्छ । यसले गर्दा नयाँ र पुरानो विचारधाराको क्षेत्रमा पनि सङ्घर्ष हुन्छ । यसको सही समाधान माक्र्सवाद–लेनिनवादले मात्र गर्दछ ।

पार्टीको सिद्धान्त, नीति, विचारमा अस्पष्ट कार्यकर्ता भएमा पार्टीको क्रान्तिकारीपन भुत्ते हुन्छ । अतः पार्टीले माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई दृढतापूर्वक आत्मसात् गर्दै कार्यकर्तालाई दीक्षित गरे मात्र पार्टी सैद्धान्तिक, वैचारिक हिसाबले क्रान्तिकारी पार्टी बन्छ भन्ने पुष्पलालका विचार अहिले पनि सामयिक छन् । यस्तै पार्टीले सही सिद्धान्त मात्र अवलम्बन गरेर हुँदैन, पार्टीका नीति–विचारलाई आम जनताबीचमा पु¥याउन र पार्टीभित्र जनतालाई सङ्गठित गर्न आधारभूत तहसम्म पार्टी सङ्गठनको संरचना विस्तार गर्नुपर्दछ । पार्टीमा आधारभूत तहका मानिस, मजदुर, किसान, सुकुम्बासी, गरिब किसान तथा निम्न–मध्यम वर्गका मानिसलाई भर्ती गर्न सकिएन भने तथा पार्टीभित्र पुँजीवादी, धनी किसान र सहर बजारका मध्यमवर्गका मानिसको सङ्ख्या बढ्न थाल्यो भने नेतृत्वमा उनीहरू नै चाँडो पुग्छन् र पार्टीमा अवसरवादी र संशोधनवादीहरूको बाहुल्य बढ्न थाल्छ भन्ने विषयमा पुष्पलालले स्पष्ट विचार अगाडि सार्नुभएको छ ।

पुष्पलाल ‘नेता प्रधान होइन, नीति प्रधान हो’ भनेर हमेसा जोड दिनुहुन्थ्यो । कम्युनिस्ट पार्टीमा प्रायः व्यक्तिहरू नीति वा सत्यको पक्षमा भन्दा पनि शक्ति र नेता ९नेतृत्व० को पछि लाग्ने गरेका छन् । पार्टीभित्र गुटबन्दी बढ्दै गएपछि व्यक्तिहरू नेताको पछि लाग्ने र अमुक नेतालाई देवत्वकरण गर्ने प्रवृत्ति छ । यो वास्तवमा गलत प्रवृत्ति हो ।

पुष्पलाल कम्युनिस्ट पार्टीलाई जनवादी केन्द्रीयताका आधारमा सञ्चालन गर्न र पार्टीभित्र आलोचना–आत्मालोचनाको परिपाटीलाई स्थापित गर्न हमेसा जोड दिनुहुन्थ्यो र उहाँ पिठ्यूँपछाडि पार्टी र नेतृत्वको कुरा काट्ने कदापि गर्नुहुन्न भन्ने विचार राख्नुहुन्थ्यो । पार्टी पद्धति र पार्टी परम्पराबाट पार्टी सञ्चालन हुनुपर्दछ भन्ने मान्यतामा अडिग पुष्पलालले पार्टी पद्धति भनेको जनवादी केन्द्रीयताको पद्धति हो, जनवाद र केन्द्रीयता पार्टी सङ्गठनका दुई पहलु हुन्, यी तराजुका दुई पल्लाझैँ हमेसा यिनको पार्टीमा बराबर सन्तुलित अभ्यास पार्टीभित्र गरिनुपर्दछ, यसमा बेथिति वा असन्तुलन आएमा पार्टी जीवनमा नै बेथिति देखापर्दछ र यसले पार्टीमा निरङ्कुशता, स्वेच्छाचारिता र अराजकता सिर्जना गर्दछ भनेर उल्लेख गर्नुभएको छ ।

यतिखेर पुष्पलालले मुलुकको वाम एवं लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदानको विशद व्याख्या विश्लेषण गरेर त्यसका निष्कर्षलाई मुलुकको गणतन्त्रको सुदृढीकरण गर्दै आर्थिक, सामाजिक क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गरी नेपाली क्रान्तिलाई पूर्णता प्रदान गर्न पुष्पलालबाट सिक्नुपर्ने थुप्रै विषय छन् । यसैगरी कम्युनिस्ट पार्टीलाई सिद्धान्त, सङ्घर्ष र सङ्गठनको नीतिअनुरूप सञ्चालन गरेर पार्टीलाई वैचारिक, साङ्गठनिक एवं क्रान्तिकारी कार्यशैली अवलम्बन गरेर जान पुष्पलालले जुन विचार अगाडि सार्नुभएको छ, यस सन्दर्भमा कम्युनिस्ट पार्टी सञ्चालनमा देखापरेका समस्या र आन्दोलनको अग्रगतिका बारेमा पुष्पलालले देखाएको सिद्धान्त, सङ्घर्ष र सङ्गठनको बाटोको आलोकबाट समाधान गर्न ध्यान दिन जरुरी छ ।

कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार गठन भएपछि पार्टी सञ्चालन र सरकार सञ्चालन कसरी हुन्छ रु पार्टी काम र सरकार सञ्चालन एउटै हो कि भिन्न–भिन्न हो रु पार्टीको नेतृत्व र सरकार सञ्चालन एकै व्यक्तिबाट हुनुपर्दछ कि भिन्न–भिन्न व्यक्तिबाट हुनुपर्दछ रु एकै व्यक्तिबाट हुँदा शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन कसरी स्थापित हुन्छ रु अनि बुर्जुवा पुँजीपतिहरूले भनेझैँ विशेषाधिकार (पेरोगेटिभ राइट) प्रयोग गर्ने कि रु कम्युनिस्ट पार्टीबाट निर्वाचित व्यक्ति राज्य सञ्चालनमा जाँदा पार्टीबाट निर्देशित भएर सरकार सञ्चालन गर्ने भन्ने निरुपण गर्न जरुरी छ ।

यसैगरी कम्युनिस्ट पार्टीले राज्य सञ्चालन गरेपछि कम्युनिस्ट पार्टी वैचारिक एवं राजनीतिक पार्टी हुने कि राजनीतिक पार्टीको रूपमा मात्र विकास गर्ने भन्ने विषय अहिले उठ्न थालेको छ । पार्टीभित्रको महŒवपूर्ण नेतृत्व संसद् र सरकारतर्फ गएपछि पार्टी संसदीय काममा मात्रै सीमित हुन थाल्दा पार्टीका काम सङ्गठन परिचालन र पार्टीको क्रान्तिकारी एवं जुझारु स्पिरिट कसरी कायम हुन्छ रु र पार्टीभित्र वैचारिक नेतृत्व र काम कसरी व्यवस्थित हुन्छ ? भन्ने विषय पनि यतिखेरको ज्वलन्त विषय बन्दै गएको छ ।

यतिखेर मुलुक पुष्पलालले देखाएको बाटोबाट समाजवादी व्यवस्था स्थापनाका लागि अगाडि बढेको छ । समाजवादको स्थापना कम्युनिस्ट पार्टीको नेतृत्वकारी भूमिकाबाट मात्र सम्भव छ तर जनताको अभिमतबाट राज्य सत्ताको नेतृत्व गरेकै आधारमा सरकारका माध्यमबाट विकास, समृद्धि र समाजवाद प्राप्त गर्न सम्भव हुन्छ रु जवाफ जरुरी छ ।

समाजवाद स्थापना गर्न सही कार्यनीतिक कार्यदिशा अवलम्बन गर्न जरुरी छ । नेपालको कम्युनिस्ट आन्दोलनको मूलधार नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले यतिबेला समाजवादी व्यवस्था स्थापनाका लागि सही कार्यनीतिक कार्यदिशा, नीति, कार्यक्रम र कार्यशैली तथा पार्टी, सरकार र जनताबीचको सम्बन्धका बारेमा सुस्पष्ट नीति बनाएर अगाडि बढ्न जरुरी छ । सरकारमा गएपछि राजकीय क्षेत्रमा नियुक्ति गरिने व्यक्तिको योग्यता, क्षमता विज्ञताको जाँचपड्ताल गरेर पार्टीको संस्थागत निर्णयबाट गर्ने कि व्यक्तिले गर्ने रु यस्ता सवालको विधि र पद्धतिका बारेमा सुस्पष्ट नीति बनाएर लागू गर्न आवश्यक छ ।

पार्टी स्थापनाकालमा प्रमुख अन्तरविरोधको रूपमा किटानी गरिएको विश्व साम्राज्यवादले वर्तमान चरणसम्म आइपुग्दा राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक क्षेत्रमा नेपालजस्तो मुलुकमा शोषण र हस्तक्षेप गरिरहेको छ । यसका विरुद्धको आन्दोलनको रूप र तरिकाबारेमा स्पष्ट दृष्टिकोण अगाडि सार्न जरुरी छ । विश्व साम्राज्यवादले अहिले धर्मको व्यापक प्रचार गर्ने उद्देश्यका साथ सञ्चालन गरेका एनजीओ र आईएनजीओका गतिविधि, संविधान निर्माणका बखत विदेशी चलखेलदेखि पछिल्लोपटक अमेरिकाको इन्डो प्यासिफिक रणनीतिक योजनामार्फत नेपाललाई क्रीडास्थल बनाउन खोजिएका गतिविधि गम्भीर प्रकृतिका छन् । भारतबाट गरिएको सीमा अतिक्रमण, जनसाङ्ख्यिक अतिक्रमणको स्थितिले नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती खडा भएको छ । अतः मुलुकको कम्युनिस्ट आन्दोलनले राष्ट्रियताको संरक्षण र साम्राज्यवादको थिचोमिचोका विरुद्ध साझा एजेन्डा बनाएर अगाडि बढ्न जरुरी छ ।

मुलुकको कम्युनिस्ट आन्दोलनमा देखापरेका चुनौतीको सूक्ष्म ढङ्गले विश्लेषण गरेर समाजवादी क्रान्तिको अगुवाइ गर्नसक्दा र पुष्पलालले देखाएको तीन ‘स’ को सिद्धान्त अनुरूप सिद्धान्त, सङ्घर्ष र सङ्गठनको नीति, जनवाद र केन्द्रीयताको सन्तुलित अभ्यासबाट कम्युनिस्ट पार्टी सञ्चालन गर्दामात्र पुष्पलालका विचारले सफलता पाउनेछ । यसरी अगाडि बढ्दा मात्र पुष्पलालप्रति सच्चा सम्मान हुनेछ ।

(लेखक नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ ।)