काठमाडौँ । नेपाल एयरलाइन्सले चिनियाँ जहाजहरुबाट व्यावसायिक उडान नगर्ने निर्णय गरेको छ । हाल निगमसँग ६ वटा चिनियाँ जहाज रहेकोमा कुनैबाट पनि मुनाफा आर्जन हुन नसकेपछि व्यावसायिक उडान नै नगर्ने निर्णय लिएको हो ।
चिनियाँ जहाजको बिमा रकम अन्य जहाजहरुको भन्दा करिब ३५ प्रतिशत बढी रहेको, जहाज चलाउन पाइलटको अभाव रहेको, जहाजको स्पेयर पार्टस् महँगो रहेको जस्ता कारणले जहाज नचलाउने निर्णय भएको एयरलाइन्सले जनाएको छ ।
जहाजको प्रशिक्षक पाइलट अभाव रहेको, स्टल रुटमा प्रस्तावित जहाजहरुमा २५ देखि ६७ प्रतिशतसम्म पेलोडरेष्टिट्रक्सन रहेको, इन्धन खर्च पनि बढीरहेको जस्ता ८ वटा कारण निगमले देखाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ साउन २०७७, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स
हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने
नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन