राखेपको सदस्य सचिव बन्न दौडधुप तिब्र

पत्रपत्रिकाबाट

आइतबार, ०४ साउन २०७७, ०८ : ११
राखेपको सदस्य सचिव बन्न दौडधुप तिब्र

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी प्रमुख सदस्य सचिवका लागि यतिबेला २७ जनाको नाम चर्चामा छ । खेलकुद विकास ऐन २०७७ अनुसार पहिलो पटक सदस्य सचिव छनोटका लागि आवेदन माग गरिएको हो । जसमा २७ जनाको आवेदन परेको हो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रहेको ३ सदस्य सिफारिस समितिले २७ जनाबाट तीनजनाको सट लिस्ट तयार गर्नेछ । मन्त्रिपरिषद्ले तीन जनामध्ये एकजनालाई सदस्य सचिवमा नियुक्त गर्नेछ । कोरोना भाइरस ९कोभिड–१९०को महामारीले प्रभावित खेलकुद क्षेत्रमा सदस्यसचिवको बाजी कसले मार्ला भन्ने चर्चाको विषय बनेको छ ।

राखेपको सदस्यसचिवमा ‘असीमितशक्ति’हुने भएकाले विगतमा यो पदको आकर्षण थियो भने राजनीतिक नियुक्तिका लागि ठुलै दौडधुप हुन्थ्यो । यतिबेला पनि २७ जनाआ–आफ्नो शक्ति केन्द्रमा धाउन भने पछि परेका छैनन् । त्यसैले कतिपयले आवेदन माग गरेपछि यो ‘नाटक’मात्र रहेको विश्लेषण गर्न थालेका छन् ।

तथापि, खेलकुद क्षेत्रमा सक्रिय रहेका व्यक्तित्वले सदस्यसचिव पदका लागि आवेदन दिनुलाई भने सकारात्मक परिवर्तनका रूपमा लिएका छन् । ऐन आउनुअघिसम्म सदस्यसचिव रहेका रमेश सिलवालपनि २७ जना सँगप्रति स्पर्धामा उत्रिए । उनलाई प्रधानमन्त्रीनिकटमा निएकाले कतिपयले सिलवाललाई नै सदस्यसचिव बनाउन गरिएको ‘कर्मकाण्डी प्रक्रिया’ भएको आरोप लगाएकाछन् । तथापि, प्रधानमन्त्रीले यो प्रक्रियामा हस्तक्षेप नगर्ने भएकाले निष्पक्षहुने प्रतिस्पर्धीको दाबी छ ।

‘किनकि यो ऐनअग्रगामी छ । अब खेलकुदमा चाकडी चाप्लुसीभन्दा पनि क्षमताको कदर हुन्छ,’ एक प्रतिस्पर्धीले विश्वास व्यक्त गरे । आवेद २७ जनाले नै प्रगतिशील सोचका साथ प्रस्ताव तथा कार्ययोजना तयार गरेको सिफारिस समितिका सदस्य रिम रानाभाट बताउँछन् । कार्यविधिअनुसार नै छनोट गरिने सिफारिस गर्ने समितिको दाबी छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस