काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी प्रमुख सदस्य सचिवका लागि यतिबेला २७ जनाको नाम चर्चामा छ । खेलकुद विकास ऐन २०७७ अनुसार पहिलो पटक सदस्य सचिव छनोटका लागि आवेदन माग गरिएको हो । जसमा २७ जनाको आवेदन परेको हो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रहेको ३ सदस्य सिफारिस समितिले २७ जनाबाट तीनजनाको सट लिस्ट तयार गर्नेछ । मन्त्रिपरिषद्ले तीन जनामध्ये एकजनालाई सदस्य सचिवमा नियुक्त गर्नेछ । कोरोना भाइरस ९कोभिड–१९०को महामारीले प्रभावित खेलकुद क्षेत्रमा सदस्यसचिवको बाजी कसले मार्ला भन्ने चर्चाको विषय बनेको छ ।
राखेपको सदस्यसचिवमा ‘असीमितशक्ति’हुने भएकाले विगतमा यो पदको आकर्षण थियो भने राजनीतिक नियुक्तिका लागि ठुलै दौडधुप हुन्थ्यो । यतिबेला पनि २७ जनाआ–आफ्नो शक्ति केन्द्रमा धाउन भने पछि परेका छैनन् । त्यसैले कतिपयले आवेदन माग गरेपछि यो ‘नाटक’मात्र रहेको विश्लेषण गर्न थालेका छन् ।
तथापि, खेलकुद क्षेत्रमा सक्रिय रहेका व्यक्तित्वले सदस्यसचिव पदका लागि आवेदन दिनुलाई भने सकारात्मक परिवर्तनका रूपमा लिएका छन् । ऐन आउनुअघिसम्म सदस्यसचिव रहेका रमेश सिलवालपनि २७ जना सँगप्रति स्पर्धामा उत्रिए । उनलाई प्रधानमन्त्रीनिकटमा निएकाले कतिपयले सिलवाललाई नै सदस्यसचिव बनाउन गरिएको ‘कर्मकाण्डी प्रक्रिया’ भएको आरोप लगाएकाछन् । तथापि, प्रधानमन्त्रीले यो प्रक्रियामा हस्तक्षेप नगर्ने भएकाले निष्पक्षहुने प्रतिस्पर्धीको दाबी छ ।
‘किनकि यो ऐनअग्रगामी छ । अब खेलकुदमा चाकडी चाप्लुसीभन्दा पनि क्षमताको कदर हुन्छ,’ एक प्रतिस्पर्धीले विश्वास व्यक्त गरे । आवेद २७ जनाले नै प्रगतिशील सोचका साथ प्रस्ताव तथा कार्ययोजना तयार गरेको सिफारिस समितिका सदस्य रिम रानाभाट बताउँछन् । कार्यविधिअनुसार नै छनोट गरिने सिफारिस गर्ने समितिको दाबी छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०४ साउन २०७७, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
चीनले राखेपलाई दियो ८५ लाखबराबरको खेल सामग्री
नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत