एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीले भागवान रामको जन्मस्थान नेपालमै हो भनी दिएको बयानको विरुद्धमा भारतमा रहेका नेपालीले दुव्र्यवहार सहनु परेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार नेपालका प्रधानमन्त्री ओलीले रामको जन्मस्थानबारे भ्रम छरेको भन्दै एक नेपाली युवकको कपाल मुण्डन गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो बोली नसच्चाए अन्य नेपालीले पनि यस्तै दुव्र्यवहार सहनुपर्ने चेतावनीसमेत भारतीय सञ्चारमाध्यममा दिइएको छ ।
प्रधानमन्त्री ओलीको रामको अभिव्यक्तिको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दू सेना नामक संगठनले एक नेपाली युवकको कपाल मुन्डन गरेर टाउकोमा जय श्रीराम लेखेको तस्बिर भारतीय सञ्चारमाध्यमले छापेका छन् । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
ती युवकलाई आफ्नो संगठन र भारतको समर्थनमा नारा लगाउन लगाएको र प्रधानमन्त्री ओलीको विरुद्ध नाराबाजी पनि लगाएको समाचार भारतीय सञ्चारमाध्यममा छापिएको छ । हिन्दूवादी संगठन विश्व हिन्दू सेनाले यस घटनाको भिडियो बनाएर र सामाजिक सञ्जालमा पोष्ट गरेको बताइएको छ । ती दुव्र्यवहार सहनुपरेको नेपाली कुन ठाउँका हुन् र नाम के हो खुलाइएको छैन ।
दुव्र्यवहारपछि ती नेपाली युवकले भारतमा उनलाई रोजगारी प्राप्त भएको र भारतले साहरा दिएको बताएका छन् । ती युवकलाई भारतीय नागरिकले राम नेपालको नभएर भारतको भएको भनी नारा लगाउन बाध्य पारिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ साउन २०७७, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा