काठमाडौँ । नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड बिच छलफल हुने भएपछि आज हुने भनिएको स्थायी कमिटिको बैठक समय हेरफेर गरिएको छ ।
बालुवाटार श्रोतका अनुसार शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटीको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । ११ बजेको बैठक हुने सुचना पाएर आएका अधिकाशं स्थायी कमिटी सदस्यहरु समय हेरफेरको सुचना पाएसंगै घर फर्किएका छन् ।
अधिकांश स्थायी कमिटी सदस्यले भने बैठक सरेको सूचना नपाएको बताएका छन् ।केही दिनदेखि नेकपामा देखिएको आन्तरिक विवाद मिलाउन भन्दै बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ साउन २०७७, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै
नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेन जेड सहभागिता सुनिश्चित
दल दर्ताका लागि विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा निवेदन
दल दर्ताका लागि निर्वाचन आयोग जाँदै विप्लव नेतृत्वको नेकपा
विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौंमा सभा गर्ने
माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत