काठमाडौँ । नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड बिच छलफल हुने भएपछि आज हुने भनिएको स्थायी कमिटिको बैठक समय हेरफेर गरिएको छ ।
बालुवाटार श्रोतका अनुसार शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटीको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । ११ बजेको बैठक हुने सुचना पाएर आएका अधिकाशं स्थायी कमिटी सदस्यहरु समय हेरफेरको सुचना पाएसंगै घर फर्किएका छन् ।
अधिकांश स्थायी कमिटी सदस्यले भने बैठक सरेको सूचना नपाएको बताएका छन् ।केही दिनदेखि नेकपामा देखिएको आन्तरिक विवाद मिलाउन भन्दै बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ साउन २०७७, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई जिम्मेवार बनाउन रास्वपाले हस्तक्षेप गरोस् : नेकपा
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी