चितवन । देशभर कोरोना संक्रमितको संख्या घट्दो देखिएपनि चितवन र नवलपरासीमा भने कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन ।
भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएका तीन सय आठ नमुना परीक्षणमध्ये १९ वटा नमुनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परीक्षणबाट पोजेटिभ नतिजा आएका १९ नमुनामध्ये आठ वटा माडी नगरपालिकाभित्रका आठ जना पुरुषको रहेको छ ।
चितवनमा मङ्गलबार थपिएका आठ जना सबै माडी क्वारेन्टिनमा बसेकाहरु हुन् । योसँगै चितवनमा कोरोना संक्रमितको संख्या एक सय आठ पुगेको छ ।
प्रयोगशाला प्रमुख डा. नितु अधिकारीका अनुसार कोरोना संक्रमण पुष्टि भएका थप ११ जना नवलपरासी (सुस्तापूर्व) का हुन् । उनीहरुमध्ये दुई जना पुरुष कावासोती नगरपालिका र आठ जना पुरुष एवं एक जना महिला गरी नौ जना बुलिङ्टार गाउँपालिकाभित्रका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ असार २०७७, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा एम्बुलेन्स सेवा कडाइः ७ दिनभित्र दर्ता, १५ दिनभित्र GPS जडान अनिवार्य
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने