चितवन । देशभर कोरोना संक्रमितको संख्या घट्दो देखिएपनि चितवन र नवलपरासीमा भने कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन ।
भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएका तीन सय आठ नमुना परीक्षणमध्ये १९ वटा नमुनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परीक्षणबाट पोजेटिभ नतिजा आएका १९ नमुनामध्ये आठ वटा माडी नगरपालिकाभित्रका आठ जना पुरुषको रहेको छ ।
चितवनमा मङ्गलबार थपिएका आठ जना सबै माडी क्वारेन्टिनमा बसेकाहरु हुन् । योसँगै चितवनमा कोरोना संक्रमितको संख्या एक सय आठ पुगेको छ ।
प्रयोगशाला प्रमुख डा. नितु अधिकारीका अनुसार कोरोना संक्रमण पुष्टि भएका थप ११ जना नवलपरासी (सुस्तापूर्व) का हुन् । उनीहरुमध्ये दुई जना पुरुष कावासोती नगरपालिका र आठ जना पुरुष एवं एक जना महिला गरी नौ जना बुलिङ्टार गाउँपालिकाभित्रका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ असार २०७७, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
एमाले महाधिवेशन: चितवनमा प्रतिनिधि छनोट सर्वसम्मत
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
चितवन जिल्ला प्रशासनद्वारा राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा सुरु
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी