Safal Khabar - व्यवसायीहरुलाई किस्ता र ब्याज तिर्न नेपाल उद्योग बाणिज्य महासंघको आग्रह
बिहिबार, २९ साउन २०७७ (Thursday, 13 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
व्यवसायीहरुलाई किस्ता र ब्याज तिर्न नेपाल उद्योग बाणिज्य महासंघको आग्रह
मङ्गलबार, ३० असार २०७७, १३ : ०६
व्यवसायीहरुलाई किस्ता र ब्याज तिर्न नेपाल उद्योग बाणिज्य महासंघको आग्रह

काठमाडौं । उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ(एफएनसीसीआई) ले व्यवसायीहरुलाई व्यवसायीक कर्जाको बैकिङ किस्ता र ब्याज तिर्न आग्रह गरेको छ । 

महासंघले कोभिड-१९ का कारण व्यापार व्यवसाय चौपट भएर आर्थिक अवस्था कमजोर भएका बाहेक सबल भएका व्यवसायीहरुलाई बैंकको किस्ता र ब्याज तिर्न आग्रह गरेको हो ।

तर आर्थिक अवस्था अत्यन्त कमजोर भएका र बैकिङ किस्ता ब्याज चलाउन नसक्ने अवस्थामा रहेकाहरुलाई भने महासंघले नआत्तिन भनेको छ ।

Yeti Diistillery
Tansen Cement box

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले यस्तो धारणा सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस